back
CTIZAN AD

गजल

वि.सं.२०८३ वैशाख १२ शनिवार

1.4K 

shares

सुधिर थापा, कुपन्डोल , ललितपुर

जीवन तब हाैसिन्छ पुगे आस समयमा
गुल्जार कतै छैन यहाँ खास समयमा

माया छ लुकी भित्र बसेको अब मेरो
मिल्दैन अझै प्यार तिमी पास समयमा

पाइन्न बुझाैँ साथ उसै त्याग बिनाको
हुन्छाै पर लाग्दैन कुनै त्रास समयमा

काकाकुलको झैँ जब तिर्खा छ बढेको
साँच्चै बुझ मेटिन्न झनै प्यास समयमा

देखिन्न तिमी भित्र कुनै प्यार बसेको
मेरो किन चल्दैन स्वयम् स्वास समयमा ।

बहर : हजज मुसम्मन अखरब मक्फुफ महजुफ ।
अर्कान : मफ्ऊलु मफाईलु मफाईलु फऊलुन्
वजन : २२१ १२२१ १२२१ १२२
काफिया : आस
रदिफ : समयमा
अभ्यास : हाम्रो गजल पाठशाला

वि.सं.२०८३ वैशाख १२ शनिवार ०८:१० मा प्रकाशित

के “गौथली” साँच्चिकै सुपरहिट चलचित्र हो?

के “गौथली” साँच्चिकै सुपरहिट चलचित्र हो?

म चलचित्र समीक्षक होइन। कलाकार, निर्देशक, निर्माता वा चलचित्र उद्योगसँग...

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

भट्टराईको निर्वासन : विचार, इतिहास र आत्मअनुभवको संगम

लोककृष्ण भट्टराई नेपाली वाम आन्दोलनका पुराना नेता, पत्रकार तथा लेखकका...

कविता : तीजकी श्रीमती

कविता : तीजकी श्रीमती

हिरा भट्ट ' बदमास नम्बर दुई ` पञ्चेश्वर-६,बिजुल,बैतडी खट्टे खा...

झिल्का कविता

झिल्का कविता

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई नगरपालिका ४ झापा १. सपना...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची, हाल : ललितपुर विगत जस्तै आज पनि...

गजल

गजल

सुधिर थापा कुपण्डोल , काठमाडौँ पीडा जहाँ मेरो अपार हुन्छ...