back

वृद्धको हत्या आरोपमा चार पक्राउ

वि.सं.२०७५ मंसिर ११ मंगलवार

129 

shares
RBB AD
NTC AD

११ मंसीर, दमौली । तनहुँको शुक्लागण्डकी नगरपालिका–३ कवासेमा मृत फेला परेका एक वृद्धको हत्या गरेको आरोपमा आज चार जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सोही ठाउँका विनोद विक, बद्री विक, जुना विक र सुशील विक रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । वृद्धको हालसम्म पनि सनाखत हुनसकेको छैन । वृद्धको शव गत शुक्रबार कवासेस्थित एक निर्माणाधीन घरमा फेला परेको थियो ।

प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले पक्राउ परेकाविरुद्ध जिल्ला अदालत तनहुँबाट म्याद थप गरी अनुसन्धान भइरहेको जानकारी दिए । हत्याका मुख्य अभियुक्त विनोदलाई प्रहरीले शनिबार बागलुङबाट पक्राउ गरेका थियो । पक्राउ परेकामध्ये विनोद बद्रीका भतिजा हुन् भने जुना श्रीमती र सुशील छोरा हुन् । बद्री, जुना र सुशीलले वृद्धको हत्या नगरे पनि घटना लुकाउन खोजेको प्रहरीको भनाइ छ ।

घटनाअनुसार गत बिहीबार राति विनोदले ती वृद्धलाई बद्रीको घरमा लगेर रक्सी खुवाएका थिए । रक्सी लागेपछि झगडा हुन थाल्दा विनोदले ती वृद्धलाई कुटपिट गरेका थिए । विनोदको कुटाइबाट ढलेका वृद्धलाई बिहीबार राति नै उनीहरुले निर्माणाधीन घरमा लगेर छाडेका थिए ।
घटनाका अभियुक्त पक्राउ गर्न प्रहरीलाई कुशल नाम गरेको कुकरले सफता दिलाएको छ । शव फेला पर्नेबित्तिकै प्रहरीले गण्डकी प्रदेश प्रहरी कार्यालयबाट कुशल नामको कुकुरलाई घटनास्थल पु¥याएको थियो । शव वरिपरिका वस्तु र मृत फेला परेका वृद्धको कपडा सुँघाएपछि कुकुर घटनास्थलबाट चार सय मिटर पर रहेको बद्री विकको घरमा छिरेको थियो । कुकुर बद्रीको घरमा छिरेपछि प्रहरीले बद्रीलाई केरकार गरेको र बद्रीले वृद्धको हत्या आफ्नो भतिज विकले गरेको बयान दिएको प्रहरीले जनाएको छ ।

वि.सं.२०७५ मंसिर ११ मंगलवार १८:०३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आगो लगाउनेलाई खोजी गरी कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

आगो लगाउनेलाई खोजी गरी कारबाही गर्न गृहमन्त्री लामिछानेको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले डढेलो लगाउनेको खोजी...

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

एक अर्ब बराबरको वैदेशिक रोजगार बचतपत्र निष्काशन हुँदै

काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले रु एक अर्ब बराबरको...

फुट्यो जनता समाजवादी पार्टी, अशोक राई नेतृत्वको टिम पुग्यो निर्वाचन आयोग

फुट्यो जनता समाजवादी पार्टी, अशोक राई नेतृत्वको टिम पुग्यो निर्वाचन आयोग

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीमा विभाजन आएको...

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता सम्पन्न

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता सम्पन्न

काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा...

कीर्तिपुर बस दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

कीर्तिपुर बस दुर्घटना हुँदा एकको मृत्यु, तीन जना घाइते

काठमाडौँ । काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा एक जनाको...

दरबार हाइस्कूलमा शिक्षकबाटै अभिभावक असुरक्षित, बालबालिकाको अवस्था के होला ?

दरबार हाइस्कूलमा शिक्षकबाटै अभिभावक असुरक्षित, बालबालिकाको अवस्था के होला ?

काठमाडौं । नेपालको पहिलो विद्यालय भानु माध्यामिक विद्यालय (दरबार हाईस्कूल)मा...