back
CTIZAN AD

अनुमति बिनाको बेकरी क्याफे बन्द

वि.सं.२०७५ मंसिर २५ मंगलवार

924 

shares

२५ मङसिर, काभे्रपलाञ्चोक ।  नेपाल खाद्य, प्रविधि तथा गुणस्तरीय विभागबाट अनुमति नलिई नमोबुद्ध नगरपालिका–७ भकुण्डेमा सञ्चालित विष्णु बेकरी क्याफे बन्द गरिएको छ ।

अनुमतिबिना चार महीनादेखि तारादेवी गौतमले सञ्चालन गर्दै आएको बेकरी स्थानीय प्रशासनको अगुवाइमा गरिएको अनुगमन टोलीले सोमबार क्याफे बन्द गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी किरण थापाले अनुमतिबिना सञ्चालन गरिएको भकुण्डेमा रहेको सो बेकरी बन्द गरिएको जानकारी दिए ।

उनले भने, “अनुमति नलिएसम्मका लागि उत्पादन, बिक्री वितरणमा रोक लगाएका छौँ ।” सहायक प्रजिअ थापा, विभागको जिल्लास्थित डिभिजन कार्यालयका खाद्य निरीक्षक शिव भण्डारी, जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि, नपाका प्रतिनिधि, ट्रान्सपेरेन्सी इन्टरनेशनल नेपालका प्रतिनिधि तथा प्रहरी सम्मिलित टोलीले नमोबुद्ध नपास्थित भकुण्डे बजारका अन्य ११ वटा होटल–पसलमा अनुगमन गरेको थियो ।

अनुगमनका क्रममा म्याद नाघेको रु पाँच हजार बराबरको कोक, पेप्सी, स्प्राइट पेय पदार्थ नष्ट गरिएको छ । एघारै वटा होटलले मूल्यसूची नराखेको, अन्तःशुल्कबाट अनुमति नलिएको, होटल–पसलमा सरसफाइको कमी, मदिरा र अन्य खाद्य पदार्थ एकै स्थानमा राखिएको पाइएकाले होटल–पसल सञ्चालकलाई मापदण्डअनुसार सञ्चालन गर्न एक महीनाको समयसीमा दिइएको सहायक प्रजिअ थापाले जानकारी दिए ।

टोलीले भकुण्डेका तीनवटा हार्डवेयर पसलमा अनुगमन गर्दा ढक, तराजु अद्यावधिक नगरिएकाले तीन दिनभित्र अद्यावधिक नगरे बिक्री वितरण बन्द गर्ने चेतावनी दिएको छ ।

वि.सं.२०७५ मंसिर २५ मंगलवार १३:०० मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

शिक्षकलाई सूचना प्रविधिसम्बन्धी तालिम

गण्डकी । कास्कीको मादी गाउँपालिकाका शिक्षकहरूलाई सञ्चार तथा सूचना प्रविधिसम्बन्धी...

बागमती प्रदेशसभाको बैठक बस्दै : नीति कार्यक्रम प्रस्तुत हुँदै

बागमती प्रदेशसभाको बैठक बस्दै : नीति कार्यक्रम प्रस्तुत हुँदै

बागमती । बागमती प्रदेशसभामा आज प्रदेश सरकारको आगामी आर्थिक वर्ष...

समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक

समस्याग्रस्त चार सहकारीका ऋणीको नामावली सार्वजनिक

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त चार सहकारीका...

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

२५ करोड मूल्य पर्ने सल्लाको आँख्ला भारत निकासी नहुँदा समस्या

नेपालगन्ज । सल्लाको आख्ला भारत निकासी नहुँदा जडीबुटी व्यवसायी समस्यामा...

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

सार्वजनिक जग्गालाई आय आर्जनसँग जोड्न स्याउखेती

गलकोट (बागलुङ) । बागलुङको तमानखोला गाउँपालिकाले सार्वजनिक जग्गालाई आय आर्जनसँग...