back

नक्कली नागरिकता प्रकरण : थप तीन जना पक्राउ

वि.सं.२०७५ पुस २ सोमवार

519 

shares

२ पुस, धनुषा । नक्कली नागरिकता बनाउने गिरोहका थप तीन जनालाई पक्राउ गरिएको छ । यसअघि उक्त घटनामा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरिएको थियो ।

पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालयका नासु भोला मण्डल तथा कार्यालय सहयोगीद्वय अरुणकुमार यादव र वीरेन्द्र चौधरी रहेको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले जानकारी दिए । यसअघि जिल्ला प्रशासन कार्यालयमा कार्यालय सहयोगी पदमा कार्यरत ४२ वर्षीय महावीर मण्डलसहित धनुषाको जनकपुर उपमहानगरपालिका– २० का ३१ वर्षीय रोशनकुमार चौधरी, धनुषाको औरही गाउँपालिका–५ का ४९ वर्षीया गङ्गा साह र रौतहटको दुर्गा भगवती गाउँपालिका–४ का हेमन्तकुमार पाण्डेलाई पक्राउ गरिएको थियो । पक्राउ पर्ने साह औरही गाउँपालिकाका वडा सदस्य हुन् । अन्य सो गाउँपालिकाका कर्मचारी हुन् ।

वि.सं.२०७५ पुस २ सोमवार १६:०४ मा प्रकाशित

Himalayan Life AD
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज...

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

जनज्योति स्काउट टोलीको पदयात्रा सम्पन्न, देवचुली डाँडामा फहरायो स्काउट झण्डा

नवलपुर ।  देवचुली नगरपालिका–१५ स्थित श्री जनज्योति माध्यमिक विद्यालयका स्काउट...

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय मानव अधिकार आयोगले आर्थिक...

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

वेस्टर्न मेगा कलेजद्वारा एमबिए अभिमुखीकरण कार्यक्रम सम्पन्न

बुटवल । वेस्टर्न मेगा कलेज, बुटवल-१५, रूपन्देहीद्वारा MBA 2025 Intake...

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

सेनाको निःशुल्क स्वास्थ्य शिविरमार्फत ४४३ जनाले पाए सेवा

भोजपुर । जनस्तरसम्म स्वास्थ्य सेवा पुर्याउने लक्ष्यसहित नेपाली सेनाले टेम्केमैयुङ...

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

बाँकेमा तेलहन बाली उत्पादन घट्दो क्रममा

राँझा (बाँके) । बाँकेका किसानले तेलहन बालीको खेती कम गर्दै...