back
CTIZAN AD

सरकार बलियो भए पनि बरालिएको नेता थापाको भनाई

वि.सं.२०७५ पुस २४ मंगलवार

756 

shares

२४ पुस, बनेपा । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले अहिलेको सरकार बलियो भए पनि बरालिएको आरोप लगाएका छन् । उनले, “संविधान निर्माण गरेर राजनीतिक स्थिरता ल्याए पनि जनताले गरेको अपेक्षा अनुसार काम हुन सकेन ।”

नेपाली काङ्ग्रेस बनेपा नगरपालिका–३ र ४ को संयुक्त आयोजनामा आज काभ्रेको नाला शेरामा भएको कार्यकर्ता भेलामा नेता थापाले सरकारले देशभित्रै नयाँ उद्योग खोल्ने र युवाले रोजगारी पाउने स्थिति बनाउन नसकेको बताए । “न युवाले बाहिर काम गर्न जान पाएको छ, न त देशमा नै बसर काम गर्न पाएको छ”, उनले बताए ।

नेता थापाले नियम अनुसार संसद्मा सांसदहरुले प्रस्ट हुनको लागि प्रश्न सोध्न पाउँने र प्रधानमन्त्रीले त्यसको उत्तर दिनुपर्ने बताए । प्रतिपक्षको भूमिका निर्वाह गर्दै सरकारलाई मद्दत गरिरहेको उल्लेख गर्दै उनले प्रधानमन्त्रीले सदनमा कुरा राख्न आउने तर त्यसमा उठेको कुराको प्रश्न राख्न नदिने कस्तो खालको नीति हो भन्ने प्रश्न गरे । नेपाली काङ्ग्रेसका वडा सभापति योगराज दाहालले केन्द्रमा विभिन्न नेताको गुटगत राजनीतिका कारण पार्टी कमजोर भएको बताए ।

वि.सं.२०७५ पुस २४ मंगलवार १६:५१ मा प्रकाशित

चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

चैत्र शुक्ल पक्षः आज चैते दसैँको घटस्थापना

काठमाडौँ । चैत्र शुक्ल प्रतिपदाका अवसरमा आजदेखि चैत्र दसैँको नवरात्र...

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

ट्याक्टरको ठक्करबाट एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको...

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

कैलाली भन्सारद्वारा पाँच अर्ब ४० करोड राजस्व सङ्कलन

अत्तरिया (कैलाली)। कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा रु...

बैंकिङ कसुरमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ

बैंकिङ कसुरमा प्रभु बैंकका कर्पोरट एण्ड प्रोजेक्ट फाइनान्स विभागका प्रमुख पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको साइबर व्यूरोले बैंकिङ कसुरको अभियोगमाा प्रभु...

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि

काठमाडौँ ।  स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्यमा सामान्य वृद्धि भएको...

आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

आजको मौसम: कोशी, बागमती र गण्डकीमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै...