back
CTIZAN AD

नेपाली राजनीतिमा प्रमुख अभिभावकिय भूमिका ‘प्रचण्ड’को काँधमा

वि.सं.२०८२ फागुन २५ सोमवार

1.8K 

shares

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ को नतिजाले नेपाली राजनीतिमा नयाँ शक्ति उदय भएको संकेत दिएको छ । नयाँ पुस्ताका दल र तन्नेरी नेताहरूको उदयले पुराना दलहरूलाई ठूलो चुनौती दिएको यो चुनावमा धेरै अनुभवी नेता पछारिए । तर यही आँधीबेहेरीबीच नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने सतिलाज झै ठिङ्ग उभिएका छन् ।
गण्तन्त्र र संविधानका पिता प्रचण्ड छिट्टै परिस्थिति बुझ्ने नेतामा पर्छन् ।

उनी जस्तो सुकै अवस्थामा खेल्न र खेलाउन सक्ने नेता हुन् । कहिले सरप्राइजमा त कहिले कम्प्राइजमा खेल्ने प्रचण्ड आफ्ना सहकर्मी निर्वाचनको हुरीले ढल्दा पुनः संसद् प्रवेश गर्ने भएका छन् । यस अघिका ठूला र अनुभवी राजनीतिक दलहरुका नेतृत्वहरु यस निर्वाचनबाट पराजित भएपछि वर्तमान नेपाली राजनीतिमा प्रमुख अभिभावकिय भूमिका ‘प्रचण्ड’को काँधमा आएको छ ।

यो निर्वाचनलाई धेरै विश्लेषकहरूले “पुरानो पुस्ता विरुद्ध नयाँ पुस्ताको प्रतिस्पर्धा” का रूपमा हेरेका छन् । नयाँ राजनीतिक शक्ति र युवा नेतृत्वले देशभर प्रभाव जमाइरहँदा पुराना दलका प्रभावशाली नेताहरूको पराजयले राजनीतिक सन्तुलन नै फेरिएको छ । तर त्यही परिस्थितिमा प्रचण्ड भने आफ्नो राजनीतिक अनुभव, संगठनात्मक संरचना र व्यक्तिगत प्रभावका कारण चुनावी मैदान पार गर्न सफल भएका छन् ।

चुनावी परिणामले देखाएको अर्को पक्ष भनेको पुराना दलहरूभित्रको नेतृत्व संकट हो । एकातिर नयाँ दल र युवा उम्मेदवारहरूले मतदातामा नयाँ आशा जगाएका छन् भने अर्कोतिर पुराना दलका धेरै शीर्ष नेताहरू जनमत गुमाउँदै गएका छन् । यस्तो अवस्थामा प्रचण्डको जितलाई कतिपयले “अनुभवको पुनः पुष्टि” का रूपमा पनि व्याख्या गरेका छन् ।

प्रचण्डको राजनीतिक जीवन सधै जिते भरिएको छ । उनी हारलाई पहिल्यै थाहा पाउने, चुनौती र अवसरलाई मज्जाले चिन्न सक्ने नेता हुन् । ३२ सिट ल्याउँदापनि काँग्रेस एमालेलाई फनफनि घुमाए । सरकारको नेतृत्वबाट आफूलाई च्युत गर्न साथ उनले नयाँ सरकारलाई अप्राकृतिकको संज्ञा दिँदै त्यस्तो सरकारले काँग्रेस एमाले देशीभरीबाट बढारिने बताएका थिए ।

प्रचण्डको राजनीतिक यात्रा आफैंमा उतार–चढावले भरिएको छ । दशकौं लामो राजनीतिक संघर्ष, सशस्त्र द्वन्द्वदेखि शान्ति प्रक्रियासम्मको नेतृत्व, र पटक–पटक सरकारको नेतृत्व गरिसकेका उनी अहिले पनि राष्ट्रिय राजनीतिमा प्रभावशाली पात्रकै रूपमा देखिएका छन् । यही अनुभव र संगठनात्मक पहुँचले उनलाई निर्वाचनको कठिन प्रतिस्पर्धामा टिकाइराखेको विश्लेषकहरू बताउँछन् ।

यस चुनावले भने नेपाली राजनीतिमा नयाँ सन्देश पनि दिएको छ । युवा मतदाताको बढ्दो प्रभाव, नयाँ दलहरूको उदय र परम्परागत दलप्रतिको असन्तुष्टिले आगामी राजनीतिक दिशा परिवर्तन हुन सक्ने संकेत देखिएको छ । यही परिवेशमा प्रचण्डको जितले राम्रा का गर्ने पुराना नेताहरू अझै पूर्ण रूपमा समाप्त भइसकेका छैनन् भन्ने सन्देश दिएको छ ।

प्रतिनिधि सभा निर्वाचन २०८२ को परिणाम पूर्ण रूपमा सार्वजनिक भइसकेपछि भने नेपाली राजनीतिमा नयाँ शक्ति सन्तुलन कस्तो बन्छ भन्ने विषय थप स्पष्ट हुने अपेक्षा गरिएको छ । तर अहिलेको अवस्थाले देखाएको एउटा तथ्य भने स्पष्ट छ—तन्नेरीहरूको भीडमा पनि अनुभवी नेता प्रचण्ड अझै राजनीतिक मैदानबाट बाहिरिएका छैनन् ।

वि.सं.२०८२ फागुन २५ सोमवार १५:५१ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

आज यी चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

पूर्वसांसद कोइरी पार्टी कार्यालयबाट पक्राउ

महोत्तरी । नेकपा (एमाले)का नेता एवं प्रतिनिधिसभाका पूर्वसदस्य महोत्तरीको गौशाला–२...

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

मन्त्रिपरिषद् बैठकका निर्णयहरु

काठमाडौँ । सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा हिक्मतबहादुर रावललाई नियुक्त...