back
CTIZAN AD

सात बलिया पार्टी नेतृत्वको लज्जास्पद हार

वि.सं.२०८२ फागुन २५ सोमवार

2.1K 

shares

काठमाडौं । पछिल्लो निर्वाचन परिणामले नेपाली राजनीतिको समीकरणमा ठूलो परिवर्तन देखाएको छ । विभिन्न ठूला दलका शीर्ष नेताहरू पराजित हुँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरूले उल्लेखनीय सफलता हासिल गरेका छन्। हालसम्म रास्वपा सभापति रवि लामिछाने, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ निर्वाचित भएका छन्।

झापा–५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली रास्वपाका वरिष्ठ नेता बालेन शाहसँग भारी मतान्तरले पराजित भएका छन् । शाहले ६८ हजार ३ सय ४८ मत प्राप्त गरी विजयी हुँदा ओलीले १८ हजार ७ सय ३४ मत मात्र प्राप्त गरे ।

त्यसैगरी, सर्लाही–४ मा नेपाली कांग्रेसका सभापति गगन थापा रास्वपाका अमरेश सिंहसँग १२ हजार ८ सय ५७ मतले पराजित भए । सिंहले ३५ हजार ६ सय ८८ मत प्राप्त गर्दा गगन थापाले २२ हजार ८ सय ३१ मत मात्रै ल्याउन सके ।

झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन पनि रास्वपाका प्रकाश पाठकसँग २१ हजार ३ सय ८० मतले पराजित भए । पाठकले ३८ हजार ६ सय ७४ मत ल्याएर विजय हासिल गर्दा लिङ्देनले १७ हजार २ सय ९४ मत प्राप्त गरे ।

काठमाडौँ–३ मा उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ रास्वपाका राजुनाथ पाण्डेसँग पराजित भएका छन्। पाण्डेले १८ हजार ७ सय ५७ मत ल्याएर जित हासिल गर्दा घिसिङले ११ हजार १ सय ७१ मत मात्रै पाए ।

त्यस्तै जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो र जनमत पार्टीका अध्यक्ष सीके राउत पनि रास्वपाकै उम्मेदवारसँग पराजित भएका छन्।

सप्तरी–३ बाट रास्वपाका अमरकान्त चौधरी ३२ हजार ८ सय ७५ मतसहित निर्वाचित भए। उनका प्रतिद्वन्द्वी जसपा अध्यक्ष उपेन्द्र यादवले १५ हजार २ सय ३९ मत मात्रै प्राप्त गरे।

सर्लाही–२ मा राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतो रास्वपाका रविन महतोसँग पराजित भए। रविन महतोले ४२ हजार ५ सय १२ मत ल्याएर विजय हासिल गर्दा महतोले जम्मा ५ हजार ९ सय ९२ मत मात्रै प्राप्त गरे।

त्यसैगरी सप्तरी–२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतलाई रास्वपाका रामजी यादवले पराजित गरे। रामजी यादवले २८ हजार ४ सय ४ मत ल्याएर चुनाव जित्दा सीके राउत तेस्रो स्थानमा सीमित भए।

वि.सं.२०८२ फागुन २५ सोमवार १३:२९ मा प्रकाशित

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

आजदेखि मनसुन अवधिभरका लागि बन्द भयो मेलम्ची

काठमाडौँ । मेलम्ची खानेपानी विकास समितिले आजदेखि मनसुन अवधिभर काठमाडौँ...

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

पहिरोले अवरुद्ध तीन मुख्य राजमार्ग सञ्चालनमा

काठमाडौँ । केही दिनयता निरन्तर परेको वर्षाका कारण देशका विभिन्न...

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल

काभ्रेपलाञ्चोक । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सरकारले नेपालमै गुणस्तरीय...

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता वालेन्द्र...

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव

काठमाडौं । यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई...

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

बर्डफ्लु सङ्क्रमित पन्छी बिक्री गरेमा कारबाही गर्ने विभागको चेतावनी

काठमाडौँ । पशुसेवा विभागले बर्डफ्लु सङ्क्रमण भएका कुखुरा, हाँस, बट्टाइलगायत...