back
CTIZAN AD

सुसेली : देशको कथा

वि.सं.२०८२ फागुन ३० शनिवार

1.5K 

shares

ललिता ‘दोषी’,बुद्धनगर , काठमाडौँ

१.
देश रुँदै छ
आफ्नै स्वार्थ हेर्नाले
फुङ्ग हुँदै छ ।

२.
नेताको मन
किन भयो ढु‌ङ्गाझै
बुझ्नै सकिनँ ।

३.
सधैं छ रात
आए नि लोकतन्त्र
शून्य भो हात ।

४.
बाँदर चाल
अभागी नेपालीको
गिर्दो छ हाल ।

५.
दिन ढल्दै छ
नेपालीको मुटुमा
आगो बल्दै छ ।

६.
निभ्दैन आगो
सम्झेका छन् यो देश
पेवा हो बाको ।

७.
पीडामा देश
लाग्दैन निद्रा कैले
लाग्छ है ठेस ।

८.
आँखा खोल न
देशै ठूलो भनेर
अब बोल न ।

९.
बिन्ती छ नेता
निकास देऊ अब
बुझेर व्यथा ।

१०.
नपरोस् रात
बचाऊ है यो राष्ट्र
देऊ है साथ ।

११.
उदाओस् जून
मुटुमा राखौँ देश
फलाऊँ सुन ।

१२.
बालौँ लौ दियो
नरोपियोस् कसैको
मनमा सियो ।

वि.सं.२०८२ फागुन ३० शनिवार ०६:१० मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...