back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८२ फागुन ३० शनिवार

669 

shares

शम्भु गजुरेल, सिन्धुली

१)
सम्झाउन साह्रै गाह्रो
तर सबैभन्दा त
आफैँलाई पर्छ साह्रो।

२)
भन्छु मेरी माया
तर उनी भने
रुचाउन्नन् मेराे छाया।

३)
अब चैत लाग्याे
जाडाे कता गएछ ?
ज्यानले शितल माग्याे ।

४)
वसन्त अब फुल्दैछ
नवपल्लव देख्न पाउँदा
मनमयुर हावामा झुल्दैछ ।

५)
आज रुघा लाग्याे
किन हाे कुन्नी ?
भन्थेँ जाडाे भाग्याे ।

६)
कता पुग्यो ध्यान ?
ज्यानमात्र छ यता
छैन केही ज्ञान।

७)
तीन खुट्टे जाेडी
साँच्चै छ अनाैठाे
त्रय देव छाेडी।

८)
बोल्दैन अचेल अकारण
ऊ विशिष्ट रे
म परेँ साधारण।

९)
हिजाेसम्म मिल्ने साथी
आज मलाई चिन्दैन
हैसियत पुगेछ माथि।

१०)
ऊ नेताकाे भक्त
पुगेछ धेरै माथि
म निहुरिन अशक्त ।

वि.सं.२०८२ फागुन ३० शनिवार ०६:०८ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...