back
CTIZAN AD

गजल

वि.सं.२०८२ फागुन ३० शनिवार

1K 

shares

एकनारायण चापागाईं,दाङ

कलम कापी किनेको सम्झना आयो
पसल गर्दा चिनेको सम्झना आयो

बिहे मेरो हुने बेला लमी बन्दै
कुरा उनले छिनेको सम्झना आयो

नभेटेको भयो धेरै भन्यौ साथी
पिई खुब मात्तिनेको सम्झना आयो

ज-जसले प्रश्न खुब गर्थे तिनैलाई
कडा उत्तर दिनेको सम्झना आयो

छँदा सानो मजा गर्दै सधैँ खेल्थ्यौँ
हिलोमा चिप्लिनेको सम्झना आयो

बहर : हजज मुसद्दस सालीम
अर्कान : मुफाईलुन् मुफाईलुन् मुफाईलुन्
वजन : १२२२ – १२२२ – १२२२
काफिया : इने
तहलिली रदिफ : को
रदिफ : सम्झना आयो
अभ्यास : परिश्रमी पाठशाला

वि.सं.२०८२ फागुन ३० शनिवार ०६:०७ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...