back
CTIZAN AD

पछिल्लो विवरण अनुसार छ दल राष्ट्रिय पार्टी बन्न लायक

वि.सं.२०८२ फागुन २५ सोमवार

1.1K 

shares

काठमाडौं । पछिल्लो मतपरिणाम अनुसार समानुपातिकतर्फ ३ प्रतिशत मतको थ्रेसहोल्ड पार गर्दै छ दलहरू राष्ट्रिय पार्टी बन्ने स्थितिमा पुगेका छन् । हालसम्म सार्वजनिक विवरणका आधारमा ३ प्रतिशतभन्दा बढी मत प्राप्त गर्ने छ दलहरू राष्ट्रिय पार्टी बन्ने लायक देखिएका हुन् ।

निर्वाचन आयोगको पछिल्लो विवरण अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबैभन्दा धेरै मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ । याे समाचार तयार पार्दा सम्म रास्वपाले समानुपातिक तर्फ ४० लाख ४९ हजार ६०४ मत अर्थात् ४८.४७ प्रतिशत मत प्राप्त गरेको छ । सिटतर्फ पनि रास्वपाले १२५ सिट जित्दै अत्यधिक बहुमतसहित अग्रता कायम गरेको छ।

दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले १३ लाख ६० हजार २८१ समानुपातिक मत अर्थात् १६.२८ प्रतिशत मत प्राप्त गर्दै १८ सिट जितेको छ । त्यस्तै नेकपा एमालेले ११ लाख ५० हजार ६७९ समानुपातिक मत अर्थात् १३.७७ प्रतिशत मत प्राप्त गर्दै ९ सिट हासिल गरेको छ ।

यसैगरी नेपाली कम्युनिस्ट पार्टीले ५ लाख ९१ हजार ९४० समानुपातिक मत अर्थात् ७.०८ प्रतिशत मत प्राप्त गर्दै ७ सिट जितेको छ । श्रम संस्कृति पार्टीले २ लाख ९१ हजार ९६५ समानुपातिक मत अर्थात् ३.४९ प्रतिशत मत प्राप्त गर्दै ३ सिट जितेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २ लाख ७६ हजार ९३१ समानुपातिक मत अर्थात् ३.३१ प्रतिशत मत प्राप्त गर्दै १ सिट हासिल गरेको छ ।

यस आधारमा हालसम्म ३ प्रतिशत मत कटाएर राष्ट्रिय पार्टी बन्ने लायक देखिएका दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी रहेका छन् ।

यता जनता समाजवादी पार्टी नेपालले १ लाख २५ हजार ८३९ समानुपातिक मत अर्थात् १.५१ प्रतिशत मत मात्र प्राप्त गरेको छ भने अन्य साना दलहरूले पनि ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्न सकेका छैनन् ।

हालसम्म सार्वजनिक तथ्यांक अनुसार कुल ८३ लाख ५५ हजार १४ मत गणना भएको छ भने १ सय ६४ सिटको परिणाम सार्वजनिक भइसकेको छ । मतगणना जारी रहेकाले अन्तिम परिणामसँगै तथ्यांकमा केही फेरबदल हुन सक्ने निर्वाचन आयोगले जनाएको छ ।

अहिले समानुपतिक तर्फको मतगण्ना जारी छ । मत गणना सम्पन्न पश्चात थ्रेस होल्ड पार गर्न सक्ने दलहरु बढ्न सक्नेछन् ।

वि.सं.२०८२ फागुन २५ सोमवार १२:३० मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...