back

एक दशक भयो उठेन ढलेको सहिदको सालिक

वि.सं.२०७५ माघ १६ बुधवार

255 

shares
RBB AD
NTC AD

१६ माघ, दमौली । तनहुँको व्यास नगरपालिका–८ पुलिमराङमा निर्माण गरिएको शहीद स्मारक अलपत्र अवस्थामा छ । विसं २०६३ मा निर्माण गरिएको शहीद पार्क सम्बन्धित निकायको वेवास्ताका कारण अलपत्र परेको हो ।

विसं २००७ को प्रजातान्त्रिक आन्दोलनको क्रममा पुलिमराङका धर्मध्वज गुरुङले तनहुँको तत्कालीन सदरमुकाम बन्दीपुर कब्जा गर्ने क्रममा २०१८ सालमा शमशेर गुरुङले चितवनको भरतपुरमा, भरत गुरुङले सोही ठाउँमा र लालध्वज गुरुङ, सर्वसिंह गुरुङ र हस्तवीर गुरुङले तनहुँको कोत्रेमा शहादत प्राप्त गरेपछि उहाँहरुको स्मरणमा २०६३ सालमा पुलिमराङमा शहीद स्मारक निर्माण गरिएको हो ।

विसं २०५१ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पुलिमराङ भ्रमणको क्रममा उक्त स्थानमा शहीद स्मारक र पार्क बनाउन कोइरालाकै अग्रसरतामा शहीद स्मारक निर्माण समिति गठन गरिएको स्मारक निर्माण समितिका अध्यक्ष एकबहादुर गुरुङले बताए । तत्कालीन समयमा पार्क र स्मारक निर्माणका लागि जग्गा खोज्ने क्रममा केही अलमल भएपछि २०६३ सालमा मात्र स्मारक निर्माण थालिएको उनले जानकारी दिए । शहीद पार्क र स्मारक निर्माणका लागि कूल रु एक करोडको लागत अनुमान गरिए पनि सो बराबरको रकम प्राप्त नहुँदा स्मारक निर्माणकार्य अलपत्र छ ।

शहीद स्मारकमा २०६६ सालमा पुलिमराङका ६ शहीदको अर्धकदको सालिक राखिएको भए पनि सालिक ढाकिएको अवस्थामा छ । तत्कालीन जिल्ला विकास समितिले निर्माण गरेको शहीदको सालिक राखिएको स्मारकस्थलको भवन जीर्ण भएका कारण सो भवन र स्मारकको उद्घाटन गर्न नसिकएको गुरुङले बताए । स्मारक निर्माणका लागि हालसम्म रु २५ लाख खर्च भएको छ । बजेट अभावले अन्य काम गर्न नसकिएको स्थानीयवासी भवीश्वर गुरुङले बताउनुभयो । हालसम्म शहीदको सालिक ढाकेर राख्नुपर्दा आफूहरुलाई दुःख लागेको उनी बताउँछन् ।

उनले भने, “राज्यले शहीदको सम्मान गर्ने भन्छ । यहाँ त शहीदको झन् अपमान पो गरिएको छ । शहीद स्मारकको काम सम्पन्न गर्न सकेमा मात्र शहीदको सम्मान भएको ठानिनेछ ।” व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले विस्तृत गुरुयोजना निर्माण गरी शहीद स्मारक र पार्कको संरक्षण गरिने बताए ।

व्यास नगरपालिकाले स्मारक निर्माणका लागि गत आर्थिक वर्षमा रु १८ लाख तथा चालू आर्थिक वर्षमा रु १५ लाख बजेट विनियोजन गरेको छ । संरचना बलियो नभएकाले पुनः गुरुयोजनामार्फत नयाँ संरचना निर्माण गरी पार्क र स्मारकको संरक्षण गर्ने योजना रहेको न्यौपाने बताए ।

वि.सं.२०७५ माघ १६ बुधवार ११:१५ मा प्रकाशित

NLIC AD
NABIL bank AD
डढेलोले वन जलेपछि चिन्तामा नरकुमारी

डढेलोले वन जलेपछि चिन्तामा नरकुमारी

खोटाङ । तीन सन्तानकी आमा नरकुमारी खत्रीको दैनिक घर खर्च...

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको चुनौती

वेस्ट इन्डिज ‘ए’द्वारा नेपालसामु २२८ रनको चुनौती

काठमाडौँ । टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ले नेपालसामु...

 होटलमा २५ हजार श्रमिकलाई रोजगारी

 होटलमा २५ हजार श्रमिकलाई रोजगारी

गण्डकी । होटल व्यवसायी महासङ्घ गण्डकीमा आठ हजार बढी होटल...

उपमहानगरद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू

उपमहानगरद्वारा स्थानीय पाठ्यक्रम ‘हाम्रो हेटौँडा’ लागू

बागमती । हेटौँडा उपमहानगरपालिकाले चालु शैक्षिकसत्रदेखि सामुदायिक तथा संस्थागत सबै...

श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति गर्न जरूरी छ : पूर्वप्रधानमन्त्री खनाल

श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति गर्न जरूरी छ : पूर्वप्रधानमन्त्री खनाल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का नेता एवम् पूर्वप्रधानमन्त्री...

चार दिनपछि सूर्यविनायकमा लागेको आगो नियन्त्रणमा

चार दिनपछि सूर्यविनायकमा लागेको आगो नियन्त्रणमा

भक्तपुर । भक्तपुरको सूर्यविनायकस्थित जङ्गलमा लागेको आगो चार दिनपछि नियन्त्रणमा...