
२४ माघ काठमाडौं । नवज्योती उत्थान केन्द्रको पाँचौ बार्षिक साधारणसभाले पार्वती थापा पाण्डेलाई पुन : अध्यक्षमा चयन गरेको छ ।
पार्वती थापाको अध्यक्षता र अमृत थापाको प्रमुख आतिथ्यतामा सम्पन्न सो साधारणसभामा अध्यक्ष थापाद्धारा प्रस्तुत बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष कोपिला कार्कीद्धारा प्रस्तुत बार्षिक प्रतिवेदन पास गरिएको थियो । सो पाँचौ बार्षिक सभाले पार्वती थापा (पाण्डे) अध्यक्ष तथा बालकुमारी वाग्ले उपाध्यक्ष, सिता बुढाथोकी (अधिकारी), सचिवमा भगवती गौतम, सहसचिवमा दुर्गा भणरी, कोषाध्यक्षमा कोपिला कार्की, सहकोषाध्यक्षमा संगिता मिश्र र सदस्यहरुमा प्रतिभा सिंह (अधिकारी), रिता रिजाल, विष्णु गुरुङ र अमृता वैद्य चयन गरेको छ ।
यसैगरी सो सभाले रजनी अधिकारी, मटुकला थापा, लक्ष्मि अधिकारी लगायतलाई सल्लाहकारमा चयन गरेको छ ।
स्थानीय महिलाको शसक्तिकरणमा विशेष जोड दिने गरी कार्यक्रम अघि बढाउने दृढता नवनिर्वाचित अध्यक्ष थापाको छ ।