back
CTIZAN AD

दिनभर भाइटीका मनाइयो

वि.सं.२०७३ कात्तिक १७ बुधवार

1K 

shares

काठमाडौँ,   यमपञ्चक अर्थात् तिहारको पाँचौं एवम् अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ आफ्नो परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको छ ।

सामान्य मानिसलाई भाइटीका लगाउँदा साइतको आवश्यक्ता नपर्ने भएपनि साइत नै खोजेर टीका लगाउनेका लागि मध्यान्ह ११ बजेर ५२ मिनेटको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको थियो । साइत खोज्नेका लागि ११ बजेर ५२ मिनेटको साइत दिइए पनि आज दिनभर भाइटीका लगाइएको छ ।

दिदीबहिनीले लक्ष्मी पूजा गरेको दियो, कलश र गणेशसहित मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराजको समेत पूजाआजा गरी तेलको धाराले दाजुभाइलाई घेरेर ढोकामा ओखर राखी टीका लगाएर ओखर फुटाउने धार्मिक विधि छ । यसो गर्नाले दाजुभाइ यश र ऐश्वर्यका साथ लामो समयसम्म सुखीपूर्वक जीवनयापन गर्नसक्ने शास्त्रीय मान्यता छ ।

दिदीबहिनीले लगाएको तेलको घेरो र मखमली माला नसुकुञ्जेल दाजुभाइलाई आजको भाइटीकाको प्रसादको कामनाले केही नहुने धार्मिक विश्वास छ । कार्तिक कृष्ण त्रयोदशीका दिन शुरु भएको यमपञ्चक पनि आज कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाएपछि तिहार पर्व समाप्त हुन्छ ।

दिदीबहिनी एवम् दाजुभाइ नहुनेले भने आज रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर अघि राखिएको तस्बिरमा गई पूजा गरी दर्शन गरेर प्रसाद लगाई यो पर्व मनाएका छन् । यो मन्दिर प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया भाइटीका अर्थात् आजैका दिन मात्र सर्वसाधारणका लागि खुल्ने गर्दछ ।

वि.सं.२०७३ कात्तिक १७ बुधवार ०१:३५ मा प्रकाशित

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

राहत सामग्री काठमाडौँ प्रशासनको एकद्वार प्रणालीमार्फत वितरण गर्ने

काठमाडौँ । काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका...

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं देखि मुग्लिङसम्मको सडकखण्ड पूर्ण रुपमा सुचारु

काठमाडौं । बाढी तथा पहिरोका कारण केही दिनदेखि प्रभावित बनेको...

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

पोखरामा भेलले बगाउँदा आमाछोरीको मृत्यु

कास्की । पोखराको मुख्य बजार क्षेत्रमा शुक्रबार साँझ परेको भारी...

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

भोटेकोशीमा बाढीको जोखिममाथि वर्षाको पनि चुनौती

काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले भोटेकोशी बाढी प्रभावित...

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

भाद्र कृष्ण प्रतिपदाः आजबाट गाईजात्रा पर्व  मनाइँदै

काठमाडौँ ।  प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने...

भोटेकोशी बाढीः विभिन्न जिल्लामा ५५३ जनाको शव फेला, ५५३ जनाको उद्धार

भोटेकोशी बाढीः विभिन्न जिल्लामा ५५३ जनाको शव फेला, ५५३ जनाको उद्धार

काठमाडौँ ।  रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा...