back

दिनभर भाइटीका मनाइयो

वि.सं.२०७३ कात्तिक १७ बुधवार

450 

shares
GLOBAL IME AD
NTC AD

काठमाडौँ,   यमपञ्चक अर्थात् तिहारको पाँचौं एवम् अन्तिम दिन आज दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ आफ्नो परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइएको छ ।

सामान्य मानिसलाई भाइटीका लगाउँदा साइतको आवश्यक्ता नपर्ने भएपनि साइत नै खोजेर टीका लगाउनेका लागि मध्यान्ह ११ बजेर ५२ मिनेटको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएको थियो । साइत खोज्नेका लागि ११ बजेर ५२ मिनेटको साइत दिइए पनि आज दिनभर भाइटीका लगाइएको छ ।

दिदीबहिनीले लक्ष्मी पूजा गरेको दियो, कलश र गणेशसहित मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराजको समेत पूजाआजा गरी तेलको धाराले दाजुभाइलाई घेरेर ढोकामा ओखर राखी टीका लगाएर ओखर फुटाउने धार्मिक विधि छ । यसो गर्नाले दाजुभाइ यश र ऐश्वर्यका साथ लामो समयसम्म सुखीपूर्वक जीवनयापन गर्नसक्ने शास्त्रीय मान्यता छ ।

दिदीबहिनीले लगाएको तेलको घेरो र मखमली माला नसुकुञ्जेल दाजुभाइलाई आजको भाइटीकाको प्रसादको कामनाले केही नहुने धार्मिक विश्वास छ । कार्तिक कृष्ण त्रयोदशीका दिन शुरु भएको यमपञ्चक पनि आज कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाएपछि तिहार पर्व समाप्त हुन्छ ।

दिदीबहिनी एवम् दाजुभाइ नहुनेले भने आज रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर अघि राखिएको तस्बिरमा गई पूजा गरी दर्शन गरेर प्रसाद लगाई यो पर्व मनाएका छन् । यो मन्दिर प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीया भाइटीका अर्थात् आजैका दिन मात्र सर्वसाधारणका लागि खुल्ने गर्दछ ।

वि.सं.२०७३ कात्तिक १७ बुधवार ०१:३५ मा प्रकाशित

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

महिला विश्वकप क्रिकेटः पहिलो खेलमा नेपाल बङ्गलादेशसँग पराजित

काठमाडौँ । आईसीसी यू–१९ टी–२० महिला विश्वकप क्रिकेट प्रतियोगिता आफ्नो...

हुस्सु–कुहिरोमा सतर्कता अपनाउन आग्रह

हुस्सु–कुहिरोमा सतर्कता अपनाउन आग्रह

काठमाडौँ । पश्चिमी वायुको प्रभाव कारण देशका तराई तथा उपत्यकाका...

प्रधानमन्त्री ओलीसँग इजरायलका राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री ओलीसँग इजरायलका राजदूतको शिष्टाचार भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि इजरायलका राजदूत...

काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालको समस्या समाधान

काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालको समस्या समाधान

काठमाडौँ । काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीच करिब चार वर्षदेखिको...

राष्ट्रपति पौडेलद्वारा द्रुतमार्गको निरीक्षण

राष्ट्रपति पौडेलद्वारा द्रुतमार्गको निरीक्षण

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले निर्माणाधीन काठमाडौं-तराई-मधेस द्रुतमार्गको निरीक्षण गरे...

बारामा एक लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन

बारामा एक लाख १८ हजार मेट्रिक टनभन्दा बढी आलु उत्पादन

कलैया (बारा) । बारामा सात हजार चार सय ४० हेक्टर...