back

जेलमा भएको हिंसामा ४० जनाको मृत्यु

वि.सं.२०७६ जेठ १४ मंगलवार

606 

shares

१४ जेठ, काठमाण्डौं । उत्तरी ब्राजिलको चार ओटा जेलका सोमबार छुट्टाछुट्टै भएको हिंसामा परी ४० जनाको ज्यान गएको छ ।

शुरुका यस घटनामा परी ४२ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका थिए । तर केही समयपछि कुनै विस्तृत विवरण विना यस ंिहसामा परी ४० मारिएका अधिकारीहरुले बताएका समाचारमा उल्लेख गरिएको छ । ब्राजिलको ग्लोबो समाचार वेबसाइटका अनुसार सोमबार भएको यस घटनामा अन्य कैयौँ कैदी घाइते भएका छन् ।

ब्राजिलका कारागारहरूमा कोचाकोच हुने कारण नै कैदीहरूबीच झगडा हुनुका साथै कहिलेकाहीँ जेल तोडेर भाग्ने प्रयास पनि हुने गरेको बताइन्छ ।

जेलभित्र रहेको समूहबीचको झडपमा १५ जना कैदी मारिएको एक दिनपछि पुनः यो घटना भएको बताइएको छ । एमाजोनास् राज्यको प्रान्तीय राजधानी मनाअसमा यो घटना भएको अधिकारीहरूले बताएका छन् ।

कारगारामा धेरै भीड भएको र अक्सिजनको अभावका कारण श्वासप्रश्वासमा अवरोध भई कैदीहरूको ज्यान गएको अधिकारीहरुले बताएका छन् । कैदीका आफन्तहरूका अनुसार कारागारमा एकदम भद्रगोल अवस्थाको कारण नै हिंसा शुरु भएको सोही कारण ज्यान गएको छ ।

दुई वर्षअघि ब्राजिलको कारागारमा कैदीहरूबीच भएका झडपमा परी भएको ५६ मारिएका थिए । ब्राजिलमा कैदीहरूको सङ्ख्या विश्वमै तेस्रो स्थानमा पर्दछ ।

आधिकारिक तथ्याङ्कअनुसार यस वर्षको एप्रिलसम्म त्यहाँ सात लाख १२ हजार ३०५ जना कैदी थिए । उक्त सङ्ख्या ब्राजिलका कारागारहरूले थेग्न सक्नेभन्दा तीन गुणाले बढी हो ।

वि.सं.२०७६ जेठ १४ मंगलवार १८:१८ मा प्रकाशित

Himalayan Life AD
अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

लस एन्जलस  । अमेरिकी राज्य अलास्का र क्यानाडाको युकोन क्षेत्रको...

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

मुम्बई । भारतको लोकप्रिय पर्यटक गन्तव्य गोवामा अवस्थित एक नाइटक्लबमा...

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ । हङकङका नेता जोन लीले गत हप्ता एउटा अपार्टमेन्ट...

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्ली । पछिल्लो समयमा बढ्दो वायु प्रदुषणका कारण भारतको नयाँदिल्ली...

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

खुल्ना (बङ्गलादेश) ।  विशाल हिमाली नदीहरू समुद्रको अँगालोमा प्रवेश गर्ने बङ्गलादेशको...

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

क्वालालम्पुर (मलेसिया) । मलेसियामा हालै आएको बाढीको कारण दश हजार...