back

क्रिकेट विश्वकप, इङ्ल्यान्डद्वारा दक्षिण अफ्रिका १०४ रनले पराजित

वि.सं.२०७६ जेठ १७ शुक्रवार

627 

shares

१७ जेठ, लन्डन ।  एक दिवसीय विश्वकप क्रिकेट प्रतियोगिता बिहीबारदेखि इङ्ल्यान्डमा शुरु भएको छ । पहिलो तथा उद्घाटन खेलमा आयोजक इङ्ल्यान्डका बेन स्टोकको प्रभावशाली प्रदर्शनका कारण दक्षिण अफ्रिका १०४ रनले पराजित भएको छ ।

ओभलमा खेलिएको यस खेलमा बेन स्टोकको ८९ रनको व्यक्तिगत रनसँगै इङ्ल्यान्डले आठ विकेटको क्षतिमा ३११ रनको विशाल स्कोर खडा गरेको थियो । स्टोकले उत्कृष्ट क्षेत्ररक्षण गर्नुका साथै केबल १२ रन दिएर दुई विकेट पनि लिएका थिए ।
अर्कोतर्फ सात ओभर मात्र बलिङ गरेका इङ्ल्यान्डका जोफ्रा आर्चरले २७ रन दिएर महत्वपूर्ण तीन विकेट लिएका थिए ।

दक्षिण अफ्रिकाले पहिले टस जितेर इङ्ल्यान्डलाई ब्याटिङको निम्तो दिएको थियो । इङ्ल्यान्डले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै ३११ रन बनाएको थियो । इङ्ल्यान्डका लागि जेसन रोय, जो रुट, इओन मोर्गन र बेन स्टोकले व्यक्तिगत ५० भन्दा बढी रन बनाएका थिए ।

तीन सय १२ रनको विशाल लक्ष्य पाएको दक्षिण अफ्रिकाले राम्रो खेल प्रदर्शन गर्न सकेन । क्विन्टन डी कक र भान डर डुसेनले व्यक्तिगत ५० रन बनाउनु बाहेक अरु खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन् ।

दक्षिण अफ्रिकाले ३९.५ ओभरमा सबै विकेट गुमाएर २०७ रन मात्र बनाउन सक्यो ।
शुक्रबार पाकिस्तान र वेस्ट इन्डिजबीच दोस्रो खेल हुनेछ ।

वि.सं.२०७६ जेठ १७ शुक्रवार १३:५० मा प्रकाशित

Himalayan Life AD
अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

लस एन्जलस  । अमेरिकी राज्य अलास्का र क्यानाडाको युकोन क्षेत्रको...

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

मुम्बई । भारतको लोकप्रिय पर्यटक गन्तव्य गोवामा अवस्थित एक नाइटक्लबमा...

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ । हङकङका नेता जोन लीले गत हप्ता एउटा अपार्टमेन्ट...

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्ली । पछिल्लो समयमा बढ्दो वायु प्रदुषणका कारण भारतको नयाँदिल्ली...

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

खुल्ना (बङ्गलादेश) ।  विशाल हिमाली नदीहरू समुद्रको अँगालोमा प्रवेश गर्ने बङ्गलादेशको...

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

क्वालालम्पुर (मलेसिया) । मलेसियामा हालै आएको बाढीको कारण दश हजार...