
४ असार, काठमाडौँ । सेवाग्राहीले अनियमिता र ढिलासुस्तीको उजुरी दिन सक्ने देशभरिका सबै सरकारी कार्यालयबाट सेवाग्राहीले ढिलासुस्ती र अनियमिता भए सीधै प्रधानमन्त्री कार्यालयमा उजुरी दिन सक्ने भएका छन् । प्रधानमन्त्री कार्यालयले हेलो सरकारको कामलाई डिजिटलाइज्ड गर्दै एपमार्फत परिमार्जित गर्ने गृहकार्य अघि बढाएपछि देशभरका जुनसुैे कार्यालयबाट सेवाग्राहीले तत्काल उजुरी दिन सक्नेछन् । हेलो सरकारले प्रयोगमा ल्याउन लागेको एपमार्फत सेवाग्राहीले उजुरी फारम भरेलगत्तै केही मिनेटमै सम्बन्धित मन्त्रालयमार्फत कार्यालयहरुमा काम अघि बढाउन निर्देशन जानेछ । ‘ कुनै गाउँपालिकाका कार्याकारी प्रमुखले सेवाग्राहीको काममा ढिलाइ गरे या कार्यालय समयमा अनुपस्थित रहेको देखिए सेवाग्राहीले इन्टरनेट सेवा उपलब्ध जुनसुकै स्थानबाट हेलो सरकारको एपमा रहेको फारममार्फत उजुरी गर्न सक्नेछन् । बुधबारको नयाँ पत्रिकाबाट
वि.सं.२०७६ असार ४ बुधवार ०८:३५ मा प्रकाशित




























