back
CTIZAN AD

युवा संघ नेपालद्वारा एमाले महाधिवेशनमा ५० हजार युवा उतार्ने तयारी

वि.सं.२०८२ मंसिर २१ आइतवार

381 

shares

काठमाडौं  । नेकपा एमालेको ११औँ महाधिवेशनमा युवा संघ नेपालले झण्डै ५० हजारभन्दा धेरै युवा उतार्ने तयारी गरेको छ। मंसिर २७ गते सुरु हुने महाधिवेशनको उद्घाटन कार्यक्रममा देशभरबाट युवाहरू ठूलो संख्यामा सहभागी हुने संघले जनाएको छ।

युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबेले कम्तीमा ५० हजार युवालाई कार्यक्रमस्थलमा उपस्थित गराउने लक्ष्यसहित संगठनका सबै कमिटी परिचालन गरिएको जानकारी दिए।

संघले उपत्यकाबाट मात्रै ठूलो भीड ल्याउने तयारी गरेको छ। काठमाडौं र ललितपुरका ६१ वडाबाट एक–एक हजारका दरले ६१ हजार, उपत्यकाका अन्य १९ पालिकाबाट पनि एक–एक हजारका दरले १९ हजार, उपत्यकाबाहिर बागमतीका १० जिल्लाबाट १५ सयका दरले १५ हजार युवा उतार्ने योजना बनाइएको छ।

प्रदेशगत सहभागी संख्या यसरी तय गरिएको छ—
कोशीबाट ४ हजार, मधेशबाट ४ हजार, गण्डकीबाट ३ हजार, लुम्बिनीबाट २ हजार, कर्णाली र सुदूरपश्चिमबाट ५ सय–५ सय गरी कुल १ हजार युवा उपस्थित गराइने युवा संघले जनाएको छ।

एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मंसिर २७ देखि २९ गतेसम्म काठमाडौंमा हुनेछ। उद्घाटन सत्र भक्तपुरको सल्लाघारीस्थित तीनकुने मैदानमा र बन्दसत्र भृकुटीमण्डपमा सञ्चालन हुने बताइएको छ।

 

वि.सं.२०८२ मंसिर २१ आइतवार ११:१७ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...