back
CTIZAN AD

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

वि.सं.२०८३ असार ६ शनिवार

318 

shares

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल निर्वाचित भएका छन् । विहीबार काठमाडौँमा भेलाले पोखरेललाई अध्यक्ष चयन गरेको हो ।

नवनिर्वाचित अध्यक्ष पोखरेलले भू–मण्डलीकृत साम्राज्यवाद, नवउदारवाद, प्रयावरण विनाशविरुद्ध बौद्धिक आन्दोलन गर्ने उद्देश्य रहेको बताए । उनले सुस्ताएको बौद्धिक आन्दोलनलाई फेरि नयाँ उचाईमा उठाउन संघ गठन गरिएको जानकारी दिए ।

भेलामा शुभकामना दिँदै नेताहरुले राष्ट्रिय र जनजिविका कमजोर भइरहेको बेला संघको गठन महत्वपूर्ण रहेको बताएका छन् । उनिहरुले कमजोर हुँदै गएको कम्युनिस्ट आन्दोलनलाई टेवा पु¥याउने अपेक्षा गर्दै शुभकामना दिएका थिए ।

भेलामा नेकपाका संयोजक लोकनरायण सुवेदी, नेकपा बहुमतका नेता दिपक चलाउने, नेकपा नेता नारायणप्रसाद शर्मा, जेनजी अभियान्ता रमेश विक्रान्त, प्रयावरणविद् आशिष जोशीलगायतले शुभकामना दिएका थिए ।

भेलाले संघको उपाध्यक्षमा बद्रीनाथ अधिकारी, तोयाराज अधिकारी, भरत शाह, नवराज उप्रेती श्यामसुन्दर श्रेष्ठ, सजय पौडेल, राजेन्द्र साउद निर्वाचित भएका छन् ।

संघको महासचिव परशु कोइराला, सचिव आशिष जोशी र कोषाध्यक्ष प्रेमबहादुर थापा निर्वाचित भएका छन् । त्यस्त, केन्द्रीय सदस्यमा महेश पौडेल, बासुदेव नाथ, शुसिल भट्टराई, खेम पौडेल, मोहन खतिवाडा, रामबहादुर अधिकारी, भोजराज विश्वकर्मा, तेज विश्वकर्मा, भगिरथ घिमिरे, पवन खवास, धु्रव भण्डारी, अच्युत कट्टेल, भक्त रसाईली रहेका छन् ।
संघले डा। डीपी पौडेल, रमेश पौडेल, टिका कडेँल, निरेन्द्र कुँवरलाई सल्लाहकार समेत चयन गरेको छ ।

वि.सं.२०८३ असार ६ शनिवार ०८:०१ मा प्रकाशित

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

रसुवा बाढीमा ३८४ जना पर्यटक सम्पर्कविहिन

काठमाडौँ । रसुवाको भोटेकोशीमा गएको बाढीमा परेर ३८४ पर्यटक सम्पर्कविहीन...

बाढीलाई राष्ट्रिय विपद् घोषणा गर्न रास्वपाको माग

बाढीलाई राष्ट्रिय विपद् घोषणा गर्न रास्वपाको माग

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले...