back
CTIZAN AD

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

वि.सं.२०८३ असार ६ शनिवार

1.3K 

shares

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर प्रमुख हरिप्रसाद न्यौपानेको अध्यक्षतामा नगरपालिकाको सभाहलमा सम्पन्न अधिवेशनले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम, आर्थिक विधेयक तथा अनुमानित आय–व्यय विवरण सर्वसम्मत रूपमा पारित गरेको हो।

नगरसभामा नगर प्रमुख हरिप्रसाद न्यौपानेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कृषि, उद्योग, पशुपालन, पर्यटन तथा व्यापार–व्यवसाय प्रवर्द्धनलाई प्राथमिकतामा राखेर नगरको समग्र विकासलाई अघि बढाइने बताए । स्थानीय उत्पादन वृद्धि, रोजगारी सिर्जना र आर्थिक गतिविधि विस्तारलाई बजेटको मुख्य लक्ष्य बनाइएको उनले उल्लेख गरे।

त्यसैगरी नगर उपप्रमुख पार्वता तिवारीले आर्थिक विधेयक २०८३ तथा विनियोजन विधेयक प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि ९७ करोड ९३ लाख ५३ हजार ४ रुपैयाँ बराबरको अनुमानित आय–व्यय विवरण सार्वजनिक गरे । प्रस्तुत बजेटमध्ये चालुतर्फ ५९ करोड ९३ लाख ६४ हजार ३८ रुपैयाँ तथा पूँजीगततर्फ ३७ करोड ९९ लाख ८८ हजार ९ सय ६६ रुपैयाँ विनियोजन गरिएको छ।

आय स्रोततर्फ संघीय सरकारको सशर्त अनुदान ३६ करोड ५९ लाख रुपैयाँ, वित्तीय समानीकरण अनुदान १३ करोड ८४ लाख रुपैयाँ, संघीय राजस्व बाँडफाँड १३ करोड १५ लाख ४४ हजार रुपैयाँ, विशेष अनुदान १ करोड २० लाख रुपैयाँ, प्रदेश वित्तीय समानीकरण अनुदान १ करोड ७५ लाख रुपैयाँ, प्रदेश राजस्व बाँडफाँड १ करोड ५७ लाख ८९ हजार ४ सय ६३ रुपैयाँ, सशर्त विशेष अनुदान ४० लाख रुपैयाँ, समपूरक अनुदान ६० लाख रुपैयाँ तथा ८ करोड ५० लाख रुपैयाँ आन्तरिक आम्दानी हुने प्रक्षेपण गरिएको छ।

क्षेत्रगत बजेट विनियोजनअनुसार सामाजिक क्षेत्रमा ४३ करोड ५० लाख ३१ हजार रुपैयाँ, आर्थिक विकास क्षेत्रमा ८ करोड ३ लाख २१ हजार रुपैयाँ, पूर्वाधार विकास क्षेत्रमा २४ करोड ३० लाख ९ हजार रुपैयाँ, सुशासन, अन्तरसम्बन्ध, वन वातावरण तथा विपद् व्यवस्थापन क्षेत्रमा ४ करोड २० लाख रुपैयाँ तथा कार्यालय सञ्चालन र प्रशासनिक क्षेत्रमा १८ करोड १६ लाख ९२ हजार ४ रुपैयाँ बजेट छुट्याइएको छ।

नगरसभाबाट पारित नीति तथा कार्यक्रम र बजेटले देवचुलीको आर्थिक विकास, सेवा प्रवाह सुधार तथा दिगो स्थानीय विकासलाई थप गति दिने अपेक्षा गरिएको छ।

वि.सं.२०८३ असार ६ शनिवार ०८:१७ मा प्रकाशित

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

भोटेकोशी र त्रिशूलीमा जोखिम कायमै

काठमाडौं । गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

उद्धारको पर्खाइमा रहेका व्यक्तिलाई धुवाँ निकालेर सङ्केत गर्न आग्रह

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले उद्धारको...

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

लाङटाङ खोला जलविद्युत् आयोजनामा कार्यरत ६० जना सम्पर्कविहीन

काठमाडौँ । रसुवाको स्याफ्रुबेँसीमा निर्माणाधीन २० मेगावाटको लाङटाङ खोला जलविद्युत्...

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

विपद्मा एकजुट भएर उद्धार र राहतमा जुट्न दलहरूको आग्रह

काठमाडौँ । प्राकृतिक विपद्को घडीमा राजनीतिक मतभेदभन्दा नागरिकको जीवनरक्षा पहिलो...

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

रसुवा बाढी : हेलिकप्टर, ड्राने र कुकुरको साहायता लिएर खोजी तथा उद्धार

काठमाडौँ । रसुवामा आएको बाढीबाट प्रभावितहरूको खोजी तथा उद्धारको कार्यलाई...