back
CTIZAN AD

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

वि.सं.२०८३ असार ६ शनिवार

276 

shares
म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य खाद्यन्नबाली धान बाली लगाउने तयारी गरेका र बारीमा चैते मकै लगाएका किसानहरु रासायनिक मल नपाएर समस्यामा परेका हुन् ।
माग अनुसार मल आपूर्ति हुँदा अभाव भएको हो । म्याग्दीको उच्च पहाडी क्षेत्रमा किसानले धानबाली रोप्न थालेका छन् । चैत र बैशाख महिनामा बारीमा छरेको मकैमा युरिया मल राख्ने समय भएको छ ।
मंगला गाउँपालिका–१ कुहुँका किसान इनदेवी मगरले धान रोप्ने र मकै गोड्ने समयमा मल नपाउँदा किसानहरु निराश भएका बताइन् । समयमा युरिया मल छर्न नपाउँदा मकै र धानको उत्पादन घट्ने उनले चिन्ता ब्यक्त गरिन्  ।
जिल्लामा बर्खेबालीका लागि दुई सय ७८ मेट्रिक्टन युरिया मलको कोटा निर्धारण भएकोमा हालसम्म एक सय १० मेट्रिक्टन मात्र आपुर्ति भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ । कार्यालयका प्रमुख सञ्जिव बास्तोलाले कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट टे«डीङ कम्पनी लिमिटेडले ढुवानीको समस्या देखाएर समयमा मल आयात र वितरणको ब्यवस्था मिलाउन नसकेका बताए ।
“इन्धनको मूल्यवृद्धिको कारण देखाएर ढुवानी ब्यवसायीले वीरगञ्जबाट मल नल्याएका कारण म्याग्दीका डिलरहरुले किसानलाई वितरण गर्न पाएका हुन्,”  उनले भने, “जिल्ला प्रशासन कार्यालयको समन्वयमा डिलर, कृषि र खाद्य सामग्री, कृषि विकास कार्यालय र स्थानीय तहका कृषि शाखा प्रमुखहरुको बैठकले आगामी बुधबारभित्र मल आपूर्ति र वितरण सहज बनाउने निर्णय गरेको छ ।”
म्याग्दीको तीन हजार आठ सय ८५ हेक्टरमा धान र नौ हजार चार सय ३५ हेक्टर क्षेत्रफलमा मकै खेती हुन्छ ।

वि.सं.२०८३ असार ६ शनिवार ०६:०५ मा प्रकाशित

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

कफी व्यवसाय सञ्चालनसम्बन्धी कानुनी प्रक्रिया र मापदण्डबारे अभिमुखीकरण कार्यक्रम हुँदै

काठमाडौं । नेपाल कफी व्यवसायी महासंघको आयोजनामा कफी व्यवसाय सञ्चालनका...

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

अवरुद्ध तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो

सिन्धुपाल्चोक । पहिरोका कारण ४० दिनदेखि अवरुद्ध चीनसँगको प्रमुख व्यापारिक...

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काँग्रेसले महिला उद्यमशीलता सम्मेलन आयोजना गर्दै

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको...

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जामा बोलेरो जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० जना घाइते

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिका–८ करादीस्थित भित्री सडकखण्डमा बोलेरो जिप...

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

प्रदेश–स्थानीय तह समन्वय सुदृढ गर्न सुदूरपश्चिम सरकारसमक्ष एघारबुँदे माग

सुदूरपश्चिम । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घ सुदूरपश्चिम...

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

‘नाडा अटो शो २०२६’ को तयारी पुरा, दुई स्थानमा पार्किङको व्यवस्था

काठमाडौं । भोलिदेखि काठमाडौको भृकुटीमण्डपमा सुरु हुने ‘एचपी ल्युब्रिकेन्ट्स प्रिजेन्ट्स...