back

प्रदेश नं २ ले निकाल्यो सहज जित

वि.सं.२०७६ असार ४ बुधवार

600 

shares

५ असार । कञ्चनपुरको महेन्द्रनगरमा आजदेखि शुरु भएको प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिताको दोस्रो खेल प्रदेश नं २ ले कर्णाली प्रदेशलाई नौ विकेटले हराउँदै जित हात पारेको छ ।

टस जितेर ब्याटिङ रोजेको कर्णालीले १९.२ ओभरमा सबै विकेट गुमाउँदै ५८ रन बनाएको थियो । कर्णालीका लागि रविना चौधरीले सर्वाधिक १३ र लक्ष्मी रिमालले आठ रनको योगदान गरेका थिए ।

प्रदेश नं २ का तर्फबाट शान्ति चौधरीले तीन विकेट हात पारिन भने गोमा आले, आरती चौधरी, कविता गौतम र शोभा आलेले समान एक विकेट लिए ।

प्रदेश नं २ ले ५९ रनको लक्ष्य ६.१ ओभरमा एक विकेटको क्षति बेहोर्दै सजिलै लक्ष्य भेट्टाएको थियो । प्रदेश २ का लागि शान्ति चौधरी र निरकुमारी बलमपाकीले सर्वाधिक क्रमशः १८ र १५ रन बनाएका थिए । कर्णालीका सरिता जिसीले एक विकेट हात पारिन् । म्यान अफ दि म्याच प्रदेश २ की शान्ति चौधरी घोषित भइन् ।

यही असार ११ गतेसम्म चल्ने प्रतियोगितामा प्रथम हुने टोलीलाई रु पाँच लाख र दोस्रो हुनेलाई रु तीन लाख पुरस्कार दिइने छ । प्रतियोगिताको उत्कृष्ट खेलाडी लाई रु ३० हजार तथा उत्कृष्ट बलर र ब्याट्सओमेनलाई रु १५ हजार बराबरको खेल सामग्री दिइने छ भने प्लेयर अफ द म्याचलाई रु २५ सय बराबरको पुरस्कार दिइने छ । प्रतियोगिताको व्यवस्थापन महाकाली स्पोर्टस सोसाइटीले गरेको छ ।

वि.सं.२०७६ असार ४ बुधवार २१:०७ मा प्रकाशित

Himalayan Life AD
एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

झापामा आजदेखि राष्ट्रियस्तरको महिला भलिबल प्रतियोगिता

  झापा ।   जिल्लामै पहिलोपटक आजदेखि अजुनधारामा राष्ट्रियस्तरको खुला महिला...

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

एनपिएलः चितवन टस जितेर ब्याटिङमा

काठमाडौँ । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)...

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

एनपिएलमा सुदूरपश्चिम रोयल्सको दबदबा

काठमाडौँ । कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा मङ्सिर १ गतेदेखि...

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

एसीसी यू-१९ प्रिमियर कपः नेपालले उपाधिका लागि खेल्दै

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी एसीसी पुरुष...

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

एनपिएलः आज कर्णाली र काठमाडौँ भिड्दै

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल...