back

विनियोजन विधेयक पारित

वि.सं.२०७६ असार २३ सोमवार

633 

shares

२३ असार, काठमाडौँ । राष्ट्रियसभाबाट विनियोजन विधेयक, २०७६ बहुमतबाट पारित भएको छ । आज बसेको राष्ट्रियसभाको बैठकमा अर्थमन्त्री डा युवराज खतिवडाले उक्त विधेयक पारित गरियोस् भनी राखिएको प्रस्तावलाई सदनले बहुमतले पारित गरेको हो ।

यसअघि प्रतिनिधिसभाबाट उक्त विधेयक पारित भइसकेको छ । दुवै सदनबाट विधेयक पारित भई राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि आगामी साउन १ गतेदेखि बजेट कार्यान्वयन हुनेछ ।

यसअघि सांसद अनिता देवकोटा, मुक्ताकुमारी यादव, बद्रीप्रसाद पाण्डे, प्रकाश पन्थ र रमेशजङ्ग रायमाझीले प्रस्तुत गरेको खर्च कटौतीसम्बन्धी प्रस्तावलाई सदनले बहुमतले अस्वीकृत गरेको थियो ।

बैठकले अर्थमन्त्री खतिवडाले प्रस्तुत गरेको आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६ र ऋण तथा जमानत (तेइसौँ )विधेयक २०७६, माथि विचार गरियोस् भन्ने प्रस्तावलाई स्वीकृति प्रदान गरेको थियो । राष्ट्रियसभाको अर्को बैठक यही असार २४ गते मङ्गलबार ४ बजे बस्नेछ ।

वि.सं.२०७६ असार २३ सोमवार १६:३० मा प्रकाशित

Himalayan Life AD
सानिमा बैंकले मनायो २१औं वार्षिकोत्सव

सानिमा बैंकले मनायो २१औं वार्षिकोत्सव

काठमाण्डौ  । सानिमा बैंक लिमिटेडले आफ्नो २१औं वार्षिकोत्सव मनाएको छ।...

नेपाल बैंकका कर्मचारीलाई क्यूरा हेल्थ प्रा.लिमा विशेष छुट

नेपाल बैंकका कर्मचारीलाई क्यूरा हेल्थ प्रा.लिमा विशेष छुट

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरु...

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारी भण्डारीबीच भेट

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच आज...

लामिनारले सार्वजनिक गर्‍यो “मेरो सपनाको घर” अभियान, दुई नेपाली परिवारको घर मेक-ओभर हुने

लामिनारले सार्वजनिक गर्‍यो “मेरो सपनाको घर” अभियान, दुई नेपाली परिवारको घर मेक-ओभर हुने

काठमाडौं । लामिनार भिट्रिफाइड टायलले नेपालमै पहिलो किसिमको कोठा र...

एक्साइड ब्याटमोबाइल सेवा पचास हजार ग्राहकसम्म

एक्साइड ब्याटमोबाइल सेवा पचास हजार ग्राहकसम्म

एक्साइड ब्याटमोबाइल सेवाले ५० हजार ग्राहक सेवा पुर्‍याउँदै महत्वपूर्ण उपलब्धि...