back
CTIZAN AD

नेपाली समाज अमेरिकाको डिएमभीपी च्याप्टर गठन

वि.सं.२०७६ असार २३ सोमवार

933 

shares

अमेरिका । नेपाली समाज अमेरिकाको डिएमभीपी च्याप्टरको तर्दथ समिति मिलन राईको नेतृत्वमा गठन भएको छ ।

जुलाई ५ का दिन सम्पन्न भएको उक्त तर्दथ कमिटी गठनका क्रममा एनआरएनए अमेरिकाका पूर्वउपसभापति, युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिकाका पूर्व केन्द्रीय सभापति, जनजाति महासंघका सल्लाहकार, युनाइटेड किरात राई अर्गनाइजेशन सल्लाहकार तथा नेपाली समाज डिएमभीपी च्याप्टर तर्दथ समितिका संयोजक राईले डिएमभीपीमा रहने सम्पूर्ण नेपालीलाई समेटेर डिएमभीपी कमिटिलाई छिट्टै पूर्णता दिने बताएका छन् ।

उनले डिएमभीपीमा रहेका अन्य नेपाली संघ संस्थाहरुसँग सहकार्य गर्दै कामगर्ने तथा भैपरी आउने समस्यामा एकजुट भएर अगाडि बढ्ने बताए ।


कार्यक्रमका प्रमुख अतिथि तथा समाजवादी नेपाल पार्टीका बरिष्ठ नेता अशोक राईले नेपालमा सबै धर्म, जाति, वर्गलाई समेटेर संविधान संसोधन हुनुपर्ने र संशोधन गरिनुपर्ने बताएका थिए । उनले समाजवादी पार्टी एकताको पार्टी र सबैलाई समेटेर बनाएको नयाँ पार्टी भएको बताउँदै सबैका लागि समानरुपले काम गर्ने बताए । वरिष्ठ नेता राईले तर्दथ कमिटीका सबै पदाधिकारीहरुलाई खादा ओढाएर बधाई दिदै समाजवादी पार्टीको झण्डा हस्तान्तरण गरेका थिए ।

समाजवादी पार्टीकी केन्द्रीय सदस्य तथा कार्यक्रमकी विशेष अतिथि सुशीला श्रेष्ठले नेपाली महिलामाथि हुने विभेदको अन्त्य गर्न र पुरुष सरह समान अधिकार पाउनका लागि समाजवादी पार्टीले विशेष पहल गर्ने बताएकी थिइन् ।

त्यस्तै युनाइटेड किरात राई अर्गनाइजेशनका केन्द्रीय सदस्य तथा डिएमभीपीका प्रतिनिधि कुशुम राईले समाजवादी पार्टी नेपालका लागि अहिलेको आवस्यक पार्टी रहेको र आफूले सक्दो सहयोग गर्ने बताइन् ।

यसैगरी युनाइटेड किरात राई अर्गनाइजेशन डिएमभीपी च्याप्टरका महासचिव हर्क राईले सम्भव भए र सकेसम्मको सहयोग गर्ने बताएका थिए भने युनाइडेट किराँत राई अर्गनाइजेशन कोलोराडोका पूर्वसभापति चक्र राईले अमेरिकाबाट मात्र नभएर नेपालमै गएर समाजवादी पार्टीलाई पूर्ण सहयोग गर्ने बताए ।

 

मिलन राईको नेतृत्वमा गठन गरिएको नेपाली समाज अमेरिकाको डिएमभीपी (डिसी, मेरिल्याण्ड, भर्जिनिया, पेन्सलभेनिया) च्याप्टरको सदस्यमा हर्क राई, कुशुम राई, चक्र राई र प्रितम राई रहेका छन् भने कमिटीलाई छिट्टै पूर्णता दिने बताइएको छ ।

कार्यक्रममा तत्कालिन संघीय समाजवादी पार्टीका धनकुटा जिल्लाका पूर्वसभापति तथा किराँत याक्थुङ थुम्लुङ अमेरिकाका पूर्वमहासचिव तथा नेपाली समाज अमेरिकाका केन्द्रीय महासचिव लोक चेम्जोङले डिएमभीपी च्याप्टर गठन गर्नमा केन्द्रबाट विशेष पहल र सहयोग गर्ने आश्वासन दिदैं सोचेको भन्दा धेरै राम्रो काम गरेको भन्दै सबैलाई बधाई दिएका थिए । कार्यक्रम केशवराम राईले सञ्चालन गरेका थिए ।

वि.सं.२०७६ असार २३ सोमवार १६:३१ मा प्रकाशित

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

कम्युनिस्ट नेता मोहनविक्रम सिंह लन्डन भ्रमणमा, कम्युनिस्ट एकतामा जोड

लन्डन । नेपालका वरिष्ठ कम्युनिस्ट नेता मोहन विक्रम सिंहले बेलायत...

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...