फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य रूपमा सम्पन्न भएको छ ।
न्यु जर्सीको फेयर लनस्थित मेमोरियल पार्कमा जुन ६ मा आयोजित उक्त नेपाल डे कार्यक्रममा नेपाली संस्कृति, कला, परम्परा तथा सामुदायिक एकतालाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो । उक्त कार्यक्रममा न्यु जर्सीसहित न्यूयोर्क, पेन्सिल्भेनिया, डेलावेयर, म्यासाचुसेट्स, बाल्टिमोर तथा अन्य छिमेकी राज्यहरूबाट उल्लेखनीय सहभागिता रहेको थियो ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा फेयर लन बरोले जुन ६ लाई आधिकारिक रूपमा “नेपाल डे” को मान्यता प्रदान गरेको अवसर तथा फेयर लन बरोले कार्यक्रमका लागि मञ्च, आवश्यक पूर्वाधार तथा अन्य सुविधाहरू उपलब्ध गराएको थियो ।
कार्यक्रमको उद्घाटन “फेयर लन गल्र्स डान्स” समूहको आकर्षक सांस्कृतिक नृत्यबाट गरिएको थियो । उक्त प्रस्तुति स्वर्णिम राई, भूमिका राउत तथा समायरा श्रेष्ठले प्रस्तुत गरेका थिए, जसले दर्शकहरूको मन जित्न सफल भएको थियो ।
नेपाल डे एनजे २०२६ लाई सफल बनाउन विभिन्न संघसंस्था, सञ्चारमाध्यम, व्यवसायी, कलाकार तथा स्वयंसेवकहरूको महत्वपूर्ण योगदान रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा युनाइटेड किरात राई अर्गनाइजेशन अमेरिका, नेवागुठी, हामी नेपाली ग्लोवलm जीएनएन टिभी एण्ड न्युज
तथा हेलो अमेरिका लगायतका संस्थाहरूको सहभागिता रहेको थियो ।
न्यूयोर्कस्थित खसोखास मेडिया कार्यक्रमको आधिकारिक मिडिया पार्टनर रहेको थियो भने वाशिङ्टन डी.सी.स्थित इनेपलीज डटकम, न्युजर्सीस्थित न्युजर्शी नेपाली गतिविधि, नेपालीज डटकम र एभरेष्ट ्तथा पेन्सिल्भेनियास्थित समाज टाइम्स लगायत सञ्चारमाध्यमहरूले कार्यक्रमको प्रचारप्रसार तथा समाचार सम्प्रेषणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
कार्यक्रममा न्युजर्शी नेपाली समाज, ध्यmभल ायच ऋबगकभ, क्ष्ल्ब्क् ल्व्, ब्च्ऋ ायच ल्भउब,ि मगर समाज न्युजर्शी, फ्रेन्डस अफ नेपाल न्यूजर्शी, एनआरएनए एनसीसी न्यूजर्शी च्याप्टर लगायतका संस्थाहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यक्रम सफल बनाउन प्लाटुनियम स्पोन्सर अन्तर्गत खगेन्द्र जीसी/एआरसी फर नेपाल तथा गोल्ड स्पोन्सर अन्तर्गत राजेश श्रेष्ठ र ओंकार सिंहले विशेष सहयोग गरेका थिए ।
अत्यधिक गर्मीका बीच सहभागीहरूलाई चिसो पानी उपलब्ध गराउन हिमालयन फ्रेश वाटरले सहयोग गरेको थियो भने मिलन के. शाही र राज कुँवरले थप पानी उपलब्ध गराएर कार्यक्रममा महत्वपूर्ण सहयोग पु¥याएका थिए।
नेपाल डे एनजे २०२६ को सफलतामा एनआरएनए न्युयोर्क च्याप्टर, एनआरएनए पेन्सलभेनिया च्याप्टर, फेयर ल सनराइज रोटरी क्लव तथा रोटरी क्लव अफ क्विन्स न्यूयोर्कको समेत महत्वपूर्ण योगदान रहेको थियो ।
कार्यक्रममा नेपाली परिकार, कला, हस्तकला तथा परम्परागत पोशाकको प्रदर्शनी पनि गरिएको थियो । मिठो रेष्टुरेण्ट, हिमालयन अन हाइट्स र स्पाइस हाउस रेष्टुरेण्ट तथा अन्य व्यवसायीहरूले नेपाली खानाका विभिन्न परिकारहरू उपलब्ध गराएका थिए ।
सांगीतिक कार्यक्रमतर्फ चर्चित गायक कृष्ण काफ्ले र जेम्स प्रधानले विशेष प्रस्तुति दिएका थिए । त्यसैगरी नेवागुठी धिमे समुह, थारु, गुरुङ, मगर, राई तथा अन्य विभिन्न जातीय तथा सांस्कृतिक समूहहरूले नेपालको सांस्कृतिक विविधतालाई झल्काउने प्रस्तुति दिएका थिए ।
कार्यक्रम सञ्चालन नग्मा श्रेष्ठले गरेकी थिइन् भने डीजे जाङ्बु शेर्पाले सांगीतिक वातावरणलाई थप उत्साहपूर्ण बनाएका थिए । कार्यक्रमको फोटोग्राफी राजन काफ्लेले तथा भिडियो छायांकन सुरज गुरुङले गरेका थिए।
नेपाल डे न्यु जर्सीका अध्यक्ष राजेन्द्र (रे) श्रेष्ठको नेतृत्व तथा संयोजक सञ्जीव श्रेष्ठको समन्वयमा सम्पन्न कार्यक्रमको समग्र योजना, व्यवस्थापन तथा सञ्चालनमा नेपाल डे न्युजर्सीका उपाध्यक्ष एवं कार्यक्रम संयोजक प्रभाकर राईले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। साथै एनआरएनए न्युजर्शी च्याप्टरका अध्यक्ष कृष्ण अधिकारी, बिन्सन खड्का, रेनु अधिकारी, राज बी. अधिकारी तथा अन्य स्वयंसेवक र सहयोगीहरूको सक्रिय सहभागिता र अथक मेहनतले कार्यक्रमलाई सफल बनाउन उल्लेखनीय योगदान पु¥याएको आयोजकले जनाएको छ।
अत्यधिक गर्मीका बाबजुद पनि कार्यक्रममा हजारौं नेपाली तथा नेपाली मूलका सहभागीहरूको उत्साहजनक उपस्थिति रहेको थियो । आयोजकका अनुसार नेपाल डे एनजे २०२६ ले नेपाली समुदायबीच एकता, सहकार्य तथा सांस्कृतिक पहिचानको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको छ ।
नेपाल डे २०२६ कार्यक्रममा नेपालका लागि न्युर्योकका कन्सुलेट जनरल अफ नेपाल एनआरएनए एनसीसी अमेरिका, एनआरएनए न्यूजर्शी च्याप्टर तथा न्यू जर्सीस्थित विभिन्न नेपाली संघसंस्थाहरूको सहयोग र सहकार्य रहेको थियो ।
कार्यक्रमका अध्यक्ष राजेन्द्र (रे) श्रेष्ठले नेपाल डे एनजे २०२६ लाई सफल बनाउन सहयोग गर्ने सम्पूर्ण संघसंस्था, प्रायोजक, कलाकार, सञ्चारकर्मी, स्वयंसेवक तथा सहभागीहरूप्रति आभार व्यक्त गर्दै आगामी वर्षहरूमा अझ भव्य र प्रभावकारी रूपमा नेपाल डे आयोजना गरिने विश्वास व्यक्त गरेका थिए ।
वि.सं.२०८३ असार ३ बुधवार ०९:१३ मा प्रकाशित





























