back
CTIZAN AD

टोरन्टोमा नेपाली व्यवसायीसँग दूतावासको अन्तर्क्रिया, नेपालबाट क्यानडा निर्यात बढाउन सहजीकरण गर्ने प्रतिबद्धता

वि.सं.२०८३ असार ३ बुधवार

1.2K 

shares

टोरन्टो । क्यानडास्थित नेपाली राजदूतावासले नेपालबाट वस्तु तथा सेवा आयात गर्दै आएका नेपाली मूलका व्यवसायीहरूसँग टोरन्टोमा अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ।

जुन १५, २०२६ मा आयोजित कार्यक्रममा क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले नेपालबाट क्यानडातर्फ हुने वस्तु तथा सेवा निर्यातको वर्तमान अवस्थाबारे समीक्षा गर्दै निर्यात प्रवर्द्धनका लागि दूतावासले आवश्यक सहजीकरण गर्न तयार रहेको बताए ।

राजदूत पौड्यालले नेपाली उत्पादन तथा सेवाको अन्तर्राष्ट्रिय बजार विस्तार नेपाल सरकारको प्रमुख प्राथमिकतामध्ये एक रहेको उल्लेख गर्दै निर्यातकर्ताका लागि सरकारले उपलब्ध गराउँदै आएका विभिन्न सुविधा तथा प्रोत्साहनका कार्यक्रमबारे जानकारी गराए ।

वृहत् टोरन्टो क्षेत्रमा क्रियाशील नेपालबाट आयात गर्ने व्यवसायीहरूको सहभागिता रहेको कार्यक्रममा नेपालबाट क्यानडासम्म वस्तु तथा सेवा आयात गर्दा सामना गर्नुपरेका चुनौती, लागत, ढुवानी, बजार पहुँच तथा नियामकीय प्रक्रियासम्बन्धी विषयमा विस्तृत छलफल भएको थियो।

सहभागी व्यवसायीहरूले निर्यात प्रक्रियालाई थप सहज, प्रतिस्पर्धी र प्रभावकारी बनाउन आवश्यक सुधारका उपायहरूबारे सुझाव दिएका थिए। कार्यक्रममा नेपाल र क्यानडाका सम्बन्धित निकायबीच थप समन्वय तथा सहकार्य आवश्यक रहेको विषयमा समेत जोड दिइएको थियो।

दूतावासले कार्यक्रममा प्राप्त सुझावहरू कार्यान्वयनका लागि सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गर्ने तथा आफ्नो तर्फबाट गर्नुपर्ने पहलहरू सक्रियतापूर्वक अघि बढाउने प्रतिबद्धता जनाएको छ।

दूतावासले यस्ता अन्तरक्रियामार्फत नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तार, निर्यात प्रवर्द्धन तथा नेपाली व्यवसायीहरूको हितमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेको छ।

वि.सं.२०८३ असार ३ बुधवार १६:२३ मा प्रकाशित

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको...

अब बनाउने होईन त आफ्नै  घर ज्योती होम लोनको साथमा ?

अब बनाउने होईन त आफ्नै घर ज्योती होम लोनको साथमा ?

काठमाडौँ ।ज्योति विकास बैंक लिमिटेडले आफ्नो ग्राहकहरुको आफ्नै घर बनाउने...

पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

पहिरामा परी एकाघरका दुई जनाको मृत्यु

गण्डकी । पहिरामा परी लमजुङको मध्यनेपाल नगरपालिका–७ भाटवेशीमा बुबा र...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

देशभर ओपीडी सेवा बन्द, माग पुरा नभए थप कार्यक्रम ल्याउने एनएमएको चेतावनी

देशभर ओपीडी सेवा बन्द, माग पुरा नभए थप कार्यक्रम ल्याउने एनएमएको चेतावनी

काठमाडौं। वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक...

सुनसरी घटनापछि सिडिओ घिमिरे गृह मन्त्रालय तानिए, सुरक्षा नेतृत्वमा व्यापक हेरफेर

सुनसरी घटनापछि सिडिओ घिमिरे गृह मन्त्रालय तानिए, सुरक्षा नेतृत्वमा व्यापक हेरफेर

काठमाडौं। सुनसरीमा आइतबार राति भएको हिंसात्मक घटनापछि गृह मन्त्रालयले सुनसरीका...