back
CTIZAN AD

देवानगञ्ज गोलीकाण्डमा सरकारको गम्भीर सुरक्षा लापरबाही भएको नेकपाको आरोप, स्वतन्त्र छानबिनको माग

वि.सं.२०८३ साउन १२ मंगलवार

186 

shares

काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको गोलीकाण्डलाई गम्भीर सुरक्षा लापरबाही तथा राज्य आतंकको संज्ञा दिँदै घटनाको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन गर्न सरकारसँग माग गरेको छ।

पार्टीका प्रवक्ता प्रकाश ज्वालाले जारी गरेको प्रेस विज्ञप्तिमा दुई पक्षबीचको विवाद उग्र बनेपछि उत्पन्न परिस्थितिलाई संयमतापूर्वक नियन्त्रण गर्नुपर्नेमा सुरक्षाकर्मीले रातिको समयमा जथाभावी गोली चलाउँदा देवानगञ्ज गाउँपालिका–४ निवासी ओमप्रकाश मेहताको मृत्यु भएको र दर्जनभन्दा बढी व्यक्ति गम्भीर घाइते भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा नागरिकमाथि गोली चलाउनुपर्ने अवस्था नै नरहेको दाबी गर्दै घातक हतियार प्रयोग गरी नियम–कानुनविपरीत घुँडामाथि गोली हानी निहत्था नागरिकको हत्या गरिएको आरोप लगाइएको छ। पार्टीले नागरिकमाथि गोली चलाउनुपर्ने अवस्था नै नरहेको दाबी गर्दै घातक हतियार प्रयोग गरी नियम–कानुनविपरीत घुँडामाथि गोली हान्नु गम्भीर अपराध तथा गैरन्यायिक हत्या भएको आरोप लगाएको छ।

“घटनास्थलको परिस्थितिको गम्भीरतालाई मध्यनजर गर्दै सम्भावित क्षति रोक्न तथा सुरक्षा व्यवस्थापनका लागि प्रहरी प्रशासनले समन्वय, सतर्कता र जिम्मेवारीपूर्ण भूमिका निर्वाह गर्नुपर्नेमा जथाभावी गोली चलाएर नागरिकको ज्यान लिनु गम्भीर सुरक्षा लापरबाही भएको हाम्रो ठहर छ।” विज्ञप्तिमा भनिएको छ ।

उसले गोली चलाएर नागरिकको ज्यान लिने तथा दर्जनौँलाई घाइते बनाउने घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्ने माग गरेको छ।  मृतक ओमप्रकाश मेहताप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ भने घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ।

“नियम–कानुनको उल्लङ्घन गर्दै जथाभावी गोली चलाएर नागरिकको ज्यान लिने तथा दर्जनौँ नागरिकलाई गम्भीर घाइते बनाउने घटनाको सम्पूर्ण जिम्मेवारी सरकारले लिनुपर्छ। कप्तानगञ्ज घटनाको स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न, मृतकका परिवारलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था गर्न हाम्रो पार्टी सरकारसँग जोडदार माग गर्दछ ।” विज्ञप्तिमा भनिएको छ ।

घटनाका बेला सुरक्षा निकाय नेतृत्वविहीन रहेको दाबी गर्दै सरकारी निकायको गैरजिम्मेवार कार्यशैलीका कारण परिस्थिति थप भड्किएको र नागरिकले ज्यान गुमाउनुपरेको उल्लेख गरिएको छ। पार्टीले यस घटनालाई गम्भीर मानवअधिकार उल्लङ्घनको उदाहरणसमेत भनेको छ।

पार्टीले परिस्थितिलाई थप जटिल बन्न नदिन वार्ता र संवादमार्फत समस्याको शान्तिपूर्ण समाधान खोज्न तथा सामाजिक सद्भाव कायम राख्न सरकार, राजनीतिक दल, जनप्रतिनिधि, नागरिक समाज, मानवअधिकारकर्मी र स्थानीय समुदायलाई संयम अपनाउन अपिल गरेको छ।

वि.सं.२०८३ साउन १२ मंगलवार १२:०८ मा प्रकाशित

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

फोहर व्यवस्थापनमा देखिएका समस्या समाधान गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौँ । नुवाकोट क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य एवं...

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

‘टिचर्स डे’ मा रूपान्तरित हुँदै ‘गुरू पूर्णिमा’

काठमाडौँ । विद्यार्थीहरूले आफैँ पैसा उठाएर ‘केक’ ल्याएका थिए ।...

ऐन संशोधनका लागि पत्राचार

ऐन संशोधनका लागि पत्राचार

काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले सुरक्षित मातृत्व तथा प्रजनन...

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की सर्वसम्मत अनुमोदित

काठमाडौं । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका...

फरार प्रतिवादी पक्राउ

फरार प्रतिवादी पक्राउ

वीरगञ्ज (पर्सा) । ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले...

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको...