back
CTIZAN AD

सानेपामा नेता श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली

वि.सं.२०८३ साउन १३ बुधवार

246 

shares

काठमाडौँ । नेपाली कांग्रेसका पूर्व उपसभापति तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्न कांग्रेस नेतादेखि विभिन्न दलका शीर्ष नेताहरू पार्टी केन्द्रीय कार्यालय सानेपा पुगेका छन्। पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिएको श्रेष्ठको पार्थिव शरीरमा नेता–कार्यकर्ताले अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।

श्रेष्ठप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गर्न बुधबार बिहानैदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको भीड लागेको थियो।

कांग्रेस सभापति शेरबहादुर देउवासहित पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी, सांसद, नेता तथा कार्यकर्ताले श्रेष्ठको पार्थिव शरीरमा पुष्पहार अर्पण गर्दै श्रद्धाञ्जली व्यक्त गरेका थिए। विभिन्न राजनीतिक दलका नेताहरू पनि सानेपा पुगेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

श्रेष्ठको योगदानको स्मरण गर्दै नेताहरूले नेपाली लोकतान्त्रिक आन्दोलन, बहुदलीय व्यवस्था स्थापना तथा संसदीय लोकतन्त्रको सुदृढीकरणमा उनको भूमिका ऐतिहासिक रहेको बताएका थिए । श्रेष्ठ लामो समयसम्म नेपाली कांग्रेसको संगठन निर्माण र लोकतान्त्रिक आन्दोलनमा सक्रिय रहेका थिए।

पार्टी कार्यालयमा श्रद्धाञ्जली अर्पणका क्रममा केही समय मौनधारणसमेत गरिएको थियो। श्रद्धाञ्जली कार्यक्रमपछि श्रेष्ठको पार्थिव शरीर पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।

वि.सं.२०८३ साउन १३ बुधवार १६:५५ मा प्रकाशित

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

राष्ट्रिय परिचयपत्र सेवा आइतबारदेखि शुक्रबारसम्म दिइने

घोराही (दाङ) । दाङमा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा प्रवाहको समय परिवर्तन...

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

दलित अधिकारसम्बन्धी विधेयकमा सैद्धान्तिक छलफल

विराटनगर । कोशी प्रदेशसभामा ‘कोशी प्रदेश दलित अधिकार सम्बन्धमा व्यवस्था...

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

एनटी स्ट्राइकलाई जितको लागि दियो १२३ रनको लक्ष्य

काठमाडौँ । अस्ट्रेलियामा जारी टप एन्ड टी–२० सिरिजअन्तर्गत आज जारी...

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

गाँजाको औषधीय प्रयोगमा सरकार सकारात्मक छ : अर्थमन्त्री वाग्ले

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले औषधीय प्रयोजनका लागि गाँजा...

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपलब्धिहरू सार्वजनिक

काठमाडौँ । प्रधामन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा  कार्यालय मातहतका विभिन्न...

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

‘सिसीको बिर्को फेर्दैमा पुनर्गठन हुँदैन’ – महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले पार्टीभित्र देखिएको नेतृत्व...