काठमाडौं । संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिले प्रमुख निर्वाचन आयुक्तका लागि प्रस्तावित मानबहादुर कार्कीको नाम सर्वसम्मत रूपमा अनुमोदन गरेको छ।
बुधबार बसेको समितिको बैठकले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्तिका लागि सर्वसम्मत अनुमोदन गरेको हो।
त्यसैगरी, निर्वाचन आयोगका आयुक्तका लागि प्रस्तावित गुरु वाग्ले र डा. राजीव सुब्बाको नाम पनि समितिबाट सर्वसम्मत रूपमा अनुमोदन भएको छ। समितिबाट अनुमोदन भएसँगै संवैधानिक प्रक्रिया पूरा भएपछि उनीहरूको नियुक्तिको बाटो खुलेको छ।
वि.सं.२०८३ साउन १३ बुधवार १७:१९ मा प्रकाशित






























