back
CTIZAN AD

स्थानीय तह निर्वाचनका लागि उम्मेदवार आवेदन खुला गर्दे रास्वपा, यस्तो छ उम्मेदवार छनोट रूपरेखा

वि.सं.२०८३ साउन १४ बिहीवार

192 

shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै उम्मेदवार छनोट प्रक्रिया औपचारिक रूपमा अघि बढाउने भएको छ। पार्टीले आगामी भदौ १ गतेदेखि ‘क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्ने निर्णय गरेको जनाएको छ।

रास्वपाका महामन्त्री विपीनकुमार आचार्यले सामाजिक सञ्जालमार्फत जानकारी सार्वजनिक गर्दै स्थानीय तहसम्म राजनीतिक शुद्धीकरण र सुशासनको आधार निर्माण गर्ने उद्देश्यले ‘क्यान्डिडेट क्लब’ सञ्चालन गर्न लागिएको बताएका छन्।

उनका अनुसार आगामी स्थानीय तह निर्वाचनलाई पार्टीले केवल चुनावी प्रतिस्पर्धाका रूपमा नभई इमानदार, सक्षम र जनउत्तरदायी नेतृत्व स्थापित गर्ने अभियानका रूपमा लिएको छ। सोही उद्देश्यलाई कार्यान्वयन गर्न उम्मेदवार छनोटको पहिलो चरणस्वरूप ‘क्यान्डिडेट क्लब’मा आवेदन आह्वान गर्न लागिएको उनले उल्लेख गरेका छन्।

महामन्त्री आचार्यले परम्परागत राजनीतिक दलहरूले अपनाउँदै आएको अपारदर्शी उम्मेदवार छनोट प्रणालीलाई परिवर्तन गर्दै रास्वपाले थप लोकतान्त्रिक, पारदर्शी, वैज्ञानिक र आधुनिक प्रणालीमार्फत उम्मेदवार छनोट गर्ने तयारी गरिरहेको बताएका छन्।

उनले उम्मेदवार छनोटको प्रारम्भिक रूपरेखा तयार भइसकेको जनाउँदै त्यसलाई अझ प्रभावकारी, व्यावहारिक र जनमुखी बनाउन पार्टीभित्र व्यापक छलफल भइरहेको जानकारी दिएका छन्।

हाल पार्टीका विभिन्न संरचना, नेता–कार्यकर्ता तथा आम सदस्यबाट सुझाव सङ्कलन भइरहेको र प्राप्त सुझावका आधारमा उम्मेदवार छनोटको मापदण्ड, मूल्याङ्कन प्रणाली तथा कार्यविधिलाई अन्तिम रूप दिइने उनले बताएका छन्।

आचार्यका अनुसार यस प्रक्रियाले उम्मेदवार छनोटलाई निष्पक्ष, विश्वसनीय र प्रतिस्पर्धात्मक बनाउने अपेक्षा गरिएको छ। साथै, स्थानीय तहमा योग्य र जनउत्तरदायी नेतृत्व स्थापित गर्ने पार्टीको दीर्घकालीन अभियानलाई समेत यसले संस्थागत आधार प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

वि.सं.२०८३ साउन १४ बिहीवार १६:०६ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ -मुख्यमन्त्री

बागमती प्रदेशलाई पर्यटकको हब बनाउने योजना छ -मुख्यमन्त्री

भक्तपुर । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले प्रदेशलाई धार्मिक पर्यटकीय...

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

सरकारले सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र स्थापना गर्ने

काठमाडौं । सरकारले सार्वजनिक निकायमा प्रयोग हुने सफ्टवेयरको विकास, स्तरोन्नति...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...