back
CTIZAN AD

नेप्से १६ अंकले घट्यो, कारोबार रकम तीन अर्ब ३८ करोडमा सीमित

वि.सं.२०८३ साउन १४ बिहीवार

456 

shares

काठमाडौँ । आज साताको पाँचौँ कारोबारको दिन पनि नेप्से परिसूचक दोहोरो अंकले ओरालो लागेको छ । नेप्से परिसूचक १६.२९ अंक ०.६० प्रतिशतले घटेर २,६७२.५८ विन्दुमा सिमित भएको हो ।

बिहीबार कुल ३३७ वटा स्क्रिप्सका ७५ लाख ४८ हजार ५९१ कित्ता शेयर ४४ हजार ६५१ पटक कारोबार हुँदा कुल ३ अर्ब ३८ करोड १३ लाख १८ हजार २४८ रुपैयाँ बराबरको कारोबार भएको छ । आज कुल २०६ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ५९ वटा कम्पनीको मूल्य बढेको छ। ११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रह्यो।

आज १३ वटै उपसुचक घटेका छन् । सबैभन्दा बढी जलविद्युत् उपसमूह सर्वाधिक १.२० प्रतिशत र विकास बैंक १.१२ प्रतिशतले घटेका छन्। यस्तै, उत्पादन तथा प्रशोधन ०.६७ प्रतिशत, जीवन बीमा ०.४२ प्रतिशत र बैंकिङ उपसमूह ०.३३ प्रतिशतले ओरालो लागेका छन ।

आज ईसिएलको शेयर मूल्य सर्वाधिक १५ प्रतिशतले बढेको । त्यस्तै, सेन्ट्रल फाइनान्स २.७४ प्रतिशत र शिवश्री हाइड्रोपाव २.१५ प्रतिशतले बढेका छन् ।

आज सबैभन्दा बढी घट्ने खानीखोला हाइड्रोपावर को शेयर मूल्य १४.९९ प्रतिशतले घटेको छ । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य पनि १२.३० प्रतिशतले घटेको छ ।

आज कारोबार रकमका आधारमा राष्ट्रिय बीमा कम्पनी लिमिटेड २४ करोड ३८ लाख रुपैयाँभन्दा बढीको कारोबारसहित शीर्ष स्थानमा रह्यो।

वि.सं.२०८३ साउन १४ बिहीवार १६:०५ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...