back
CTIZAN AD

सार्वजनिक सुरक्षाप्रति गम्भीर भई समस्या समाधान गर्न ‘जेनजी मुभमेन्ट’ आग्रह

वि.सं.२०८३ साउन १४ बिहीवार

183 

shares

काठमाडौँ । ‘जेनजी मुभमेन्ट नेपाल’ले देशका विभिन्न भागमा पछिल्लो समय देखिएको हिंसाका घटना, साम्प्रदायिक तनाव र सार्वजनिक सुरक्षा अवस्थाप्रति गम्भीर भई समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

जेनजी मुभमेन्ट अभियानका प्रवक्ता विजय शाहद्वारा आज जारी प्रेस विज्ञप्तिमा सुनसरीमा भएको हिंसात्मक घटनासहितका विषयमा स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्न सरकारसँग माग गरिएको छ ।

नागरिकको जीवन, स्वतन्त्रता र सुरक्षाको रक्षा गर्नु राज्यको दायित्व रहेको उल्लेख गर्दै विज्ञप्तिमा संविधान, कानुन, शान्ति, न्याय, विधिको शासन तथा लोकतान्त्रिक मूल्य मान्यताको पक्षमा दृढ रहन सबैसँग आग्रह गरिएको छ ।

विज्ञप्तिमा विद्यमान घटनाका सम्बन्धमा स्वतन्त्र, निष्पक्ष र विश्वसनीय छानबिन गर्न तथा अनुसन्धानको निष्पक्षता सुनिश्चित गर्न र दोषी देखिएकामाथि कारबाही गर्न आग्रह गरिएको छ ।

वि.सं.२०८३ साउन १४ बिहीवार १६:०२ मा प्रकाशित

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

प्रचण्ड लगायतका नेताहरुको उपस्थितिमा अन्तरक्रिया हुँदै

काठमाडौं । पुनर्गठित नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा ‘कम्युनिस्ट आन्दोलनमा सहकार्य,...

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

लोमान्थाङमा मनाइयो तीनदिने यार्तुङ पर्व, अमेरिकी दूतावासका सार्वजनिक मामिला प्रमुख पनि सहभागी

मुस्ताङ । मुस्ताङको लोमान्थाङमा स्थानीय संस्कृति र परम्परासँग जोडिएको प्रसिद्ध...

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

रास्वपाको दुईदिने ‘नीति, सङ्गठन र नेतृत्व’ मन्थन सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय सदस्यका लागि...

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

भरतपुर अस्पतालको प्रयोगशालाको नतिजा अनलाइनबाट हेर्न सकिने 

चितवन ।  भरतपुर अस्पतालले प्रयोगशालाको नतिजा अनलाइनमार्फत् प्राप्त गर्ने प्रणाली...

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरका पोखरीलाई अतिक्रमणमुक्त बनाउन डोजर चलाइयो

जनकपुरधाम । जनकपुरधामका पोखरीको जग्गा अतिक्रमण गरी निर्माण गरिएका संरचना...

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

राष्ट्रपति पौडेलद्वारा बङ्गलादेशका नयाँ राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बङ्गलादेशका २३औँ राष्ट्रपतिमा मिर्जा फखरुल...