back
CTIZAN AD

कर्णाली प्रदेशकाे मुख्यमन्त्री बने मंगलबहादुर शाही

वि.सं.२०८३ साउन १३ बुधवार

234 

shares

सुर्खेत । कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा मंगलबहादुर शाही नियुक्त भएका छन्। प्रदेश प्रमुख यज्ञराज जोशीले नेपालको संविधानको धारा १६८ बमोजिम शाहीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

नयाँ सत्ता समीकरणअनुसार नेकपा र नेकपा (एमाले) बीच भएको सहमतिपछि शाहीले दुवै दलका प्रदेशसभा सदस्यहरूको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए। आवश्यक बहुमत प्राप्त भएपछि प्रदेश प्रमुख जोशीले उनलाई कर्णाली प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

यसअघि मुख्यमन्त्री रहेका यामलाल कँडेलले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्न नसकेपछि सरकार अल्पमतमा परेको थियो। त्यसपछि संविधानअनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु भएको थियो।

मुगुबाट निर्वाचित शाही यसअघि कर्णाली प्रदेश सरकारमा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रीका रूपमा कार्यरत थिए। विद्यार्थी राजनीतिबाट सार्वजनिक जीवन सुरु गरेका उनले १३ वर्ष शिक्षण पेसामा बिताएका थिए। त्यसपछि जनयुद्धमा पूर्णकालीन रूपमा सहभागी भएका शाही शान्ति प्रक्रियापछि पार्टीका विभिन्न संगठनात्मक तथा नेतृत्वदायी जिम्मेवारीमा सक्रिय रहे।

२०७९ सालको प्रदेशसभा निर्वाचनमा पहिलोपटक प्रदेशसभा सदस्य निर्वाचित भएका शाही हाल नेकपाका केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश संसदीय दलका नेता हुन्। लामो राजनीतिक सङ्घर्ष, संगठन निर्माणको अनुभव र नयाँ सत्ता समीकरणको समर्थनका आधारमा उनी कर्णाली प्रदेश सरकारको नेतृत्वमा पुगेका छन्।

वि.सं.२०८३ साउन १३ बुधवार १७:३४ मा प्रकाशित

चार स्वास्थ्य निकायमा नयाँ नेतृत्व नियुक्त

चार स्वास्थ्य निकायमा नयाँ नेतृत्व नियुक्त

काठमाडौं । सरकारले चार वटा स्वास्थ्यसम्बन्धी निकायमा नयाँ पदाधिकारी नियुक्त...

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते

जाजरकोट । जिल्ला जाजरकोट नलगाड नगरपालिका ७ दानेपिपलस्थित डोल्पा जाजरकोट...

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

ढोरपाटनमा विदेशी सिकारीको आकर्षण, चार करोड बढी राजस्व प्राप्त

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक...

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

कार्यदलले बुझायो प्रतिवेदन, पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्य

कार्यदलले बुझायो प्रतिवेदन, पाँच वर्षमा १ लाख ५० हजार हरित रोजगारी सिर्जना गर्ने लक्ष्य

काठमाडौं । नेपालमा हरित अर्थतन्त्रको विकास गर्दै युवाका लागि दिगो...

वैदेशिक सहायतालाई राष्ट्रिय प्रणाली र कोषमार्फत परिचालन गर्न निर्देशन

वैदेशिक सहायतालाई राष्ट्रिय प्रणाली र कोषमार्फत परिचालन गर्न निर्देशन

काठमाडौँ ।  प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिको आजको बैठकले वैदेशिक सहायता...