back
CTIZAN AD

तेमाल बृहत् खानेपानी आयोजनाः पाँच वर्ष लम्बियो, अझै अनिश्चित

वि.सं.२०८३ भदौ ५ शुक्रवार

12 

shares

काभ्रेपलाञ्चोक । एघार वर्ष पूरा हुँदासम्म तेमाल बृहत् खानेपानी आयोजना निर्माण पूरा हुन सकेन । आयोजना विसं २०७२ असार महिनामा सम्झौता भई विसं २०७८ मङ्सिरमा सक्ने लक्ष्य थियो ।

काभ्रेपलाञ्चोकको तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई स्वच्छ खानेपानी छ वर्षमा घरघरमा पु¥याउने लक्ष्य राखिए पनि विविध कारणले हालसम्म निर्माण पूरा हुन नसक्दा स्थानीयवासी निरास भएका छन् ।

उपभोक्ता समितिका अध्यक्ष सङ्ग्रामजित लामाले लिफ्टिङ प्रविधिको उक्त आयोजना बजेट अभावका कारण पूरा हुन नसकेको बताए । तोकिएको मितिमै खानेपानी आयोजनाको कामसक्ने लक्ष्य लिइए पनि कोभिड र प्राकृतिक प्रकोपका कारण आयोजनाको काम लम्बिँदै गएको हो ।

“ठकेदार कम्पनीले पनि भुक्तानी नपाएको भन्दै गत वर्ष आयोजनाको काम गरेन”, लामाले भने । तेमाल बृहत् खानेपानी आयोजनाको काम ‘कालिका–सिएबी जेभी’ नामक निर्माण कम्पनीले ठेक्का लिएको थियो ।

खानेपानी मन्त्रालयबाट गत आर्थिक वर्षमा करिब रु पाँच करोड भुक्तानी नपाएको जनाउँदै कम्पनीले निर्माणको काममा आलटाल गरेको लामाको भनाइ छ ।

उनका अनुसार भुक्तानी नपाएपछि आयोजनाका जिम्मेवार व्यक्तिले सम्पन्न गर्नेतर्फ आलटाल गर्दा समय लम्बिएको हो ।

तेमालको वडा नं ५, २ र ९ मा सडकलगायत भौतिक पूर्वाधार निर्माण गर्दा क्षति पुगेको छ भने मुख्य मुहान क्षेत्रमा पानीको स्रोत संरक्षणको काम भइरहेको छ ।

विसं २०८१ असोजको बाढीपहिरोले आयोजनालाई क्षति पु¥याएपछि अधिकांश स्थानका पाइपलाइन, बिजुलीको ट्रान्सफर्मर तथा खम्बा पुनःनिर्माणको काम बाँकी रहेको छ ।

आयोजनालाई कोरोना, सुनकोसीको बाढीले मुहानमा क्षति पु¥याउँदा आयोजना करिब एक वर्ष लम्बिएको हो । हाल करिब ९९ प्रतिशत काम सकिएपनि क्षतिग्रस्त संरचना पुनःनिर्माणको चरणमै रहेको लामाले बताए ।

उनका अनुसार मुहानलाई थप सुरक्षित गरी पुरानै अवस्थामा फर्काएर पानी प्रशोधनको काम भइरहेको छ भने तीन हजार उपभोक्तालाई घरमा पानी पु¥याइसकिएको छ ।

उनका अनुसार २३ ट्याङ्कीमा पानी परीक्षण भइसकेको छ भने मेनलाइन र शाखा लाइनमा पाइप विछ्याउने तथा घरघरमा धाराका सामग्री वितरणकार्य भइरहेको छ ।

साथै, प्रशोधन केन्द्रदेखि वितरण ट्याङ्कीसम्मको पाइपमा पानी परीक्षण भइसकेको छ ।

उक्त आयोजनाले नमोबुद्ध नगरपालिका–५ कोटतेमाल र कालीमाटीका करिब ९०० घर तथा रोशी गाउँपालिका–७ कटुञ्जेस्थित ११० घरपरिवार समेटिएका छन् । तेमाल क्षेत्रका नौ हजार ३१० परिवारका करिब ५५ हजारका लागि खानेपानी आयोजना सञ्चालन निर्माण थालिएको हो ।

पाइपको मेनलाइनअन्तर्गत ५० किलोमिटर उपभोक्ताले खाल्डो खनेर विछ्याउनुपर्ने सम्झौताअनुसार काम भएको छ । आयोजनाका लागि रु पाँच करोड बराबरको जनश्रमदान भएको लामाले बताए ।

याङ्बेल डाँडामा आयोजनाको चार लाख लिटर क्षमताका दुई मुख्य ट्याङ्की निर्माण गरिएको छ । आयोजनाको छुट भएका केही निर्माणको काम गर्न सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाबाट २०८१ पुसमा रु १० करोड ३४ लाख ४१ हजार उपलब्ध भएपछि थप निर्माणको काम भएको थियो ।

हाल आयोजना सम्पन्न गरेर औपचारिक रुपमा हस्तान्तरण गर्न आयोजना तथा ठेकेदारले बेवास्ता गरेको स्थानीयको आरोप छ । आयोजना सम्पन्न गर्न अझै रु ४६ करोड लाग्ने अनुमान गरिएको छ । लिफ्टिङ प्रविधिको उक्त आयोजनाको मुहान सुनकोशी नदीकिनारमा छ ।

विसं २०८१ असोजको वर्षको बाढीपहिरोले आयोजनाको रु ६० लाखभन्दा बढी क्षति पु¥याएको थियो भने करोडाँैका संरचनालाई जोखिम पु¥याएको थियो ।

तेमाल क्षेत्रअन्तर्गत तेमाल गाउँपालकाको नौ वटा वडा, नमोबुद्ध नगरपालिकाको ३, ४ र ५ तथा रोशी गाउँपालिकाको सात नम्बर वडाका बासिन्दाले उक्त खानेपानी उपभोग गर्न पाउने भएका हुन् ।

नेपाल सरकार, खानेपानी विभागमार्फत रु एक अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा सञ्चालन गरिएको आयोजनामध्ये दुई चरणमा सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने संरचना भने बनिसकेका छन् ।

वि.सं.२०८३ भदौ ५ शुक्रवार १३:०२ मा प्रकाशित

गरिमा हत्या विरोधमा काँकरभिट्टामा र्याली

गरिमा हत्या विरोधमा काँकरभिट्टामा र्याली

झापा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया गरिमा...

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

प्रधानमन्त्री खम्पा गुम्बा दर्शन गर्न गएको राप्रपा नेता ज्ञानेन्द्र शाहीको दाबी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता...

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

रास्वपाको केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक...

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

‘आत्महत्या निरुत्साहित गर्न मनोपरामर्श आवश्यक’

दाङ । दाङ प्रहरीले जिल्लाका विभिन्न स्थानमा गत साउन १६...

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारण कम्तीमा १० जनाको मृत्यु

मनिला  । मध्य फिलिपिन्सको इलोइलो प्रान्तमा विगत आठ महिनामा लेप्टोस्पाइरोसिस...

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

मेसाक चक्रवातका कारण चीनमा १५९ जनाको मृत्यु, १० बेपत्ता

न्यानिङ। जुलाईको सुरुमा मेसाक चत्रवातले निम्त्याएको गम्भीर बाढीले दक्षिण चीनको...