back
CTIZAN AD

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

वि.सं.२०८३ असार ३ बुधवार

870 

shares

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक साधारण सभा तथा अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सफलतापूर्वक सम्पन्न भएको छ । अमेरिकामा मुख्य कार्यालय रहेको फाउन्डेशनले भर्चुअल माध्यमबाट आयोजना गरेको सो अधिवेशनले डा. यादव पण्डितलाई केन्द्रीय अध्यक्षमा पुनः निर्विरोध निर्वाचित गरेको हो । विश्वभर छरिएका नेपाली समुदायका अगुवा, गैरआवासीय नेपाली संघ (एनआरएनए) का पदाधिकारी, विभिन्न च्याप्टरका प्रतिनिधि तथा शुभेच्छुकहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

अधिवेशनमा संस्थाका विभिन्न विभाग तथा अन्तर्राष्ट्रिय च्याप्टरहरूले आ–आफ्नो प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । कोषाध्यक्ष गोविन्द श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्दै संस्थामा हाल २९ जना गभर्निंग काउन्सिल सदस्य र ९२ जना आजीवन सदस्य आबद्ध रहेको जानकारी दिए । यसैगरी, महासचिव अग्नि चौलागाईंले संस्था स्थापनादेखि हालसम्म सम्पादित प्रमुख गतिविधि, ग्लोबल नलेज नेटवर्क, विभिन्न विभाग तथा च्याप्टरहरूले गरेका कार्यहरूबारे विस्तृत जानकारी गराएका थिए । ग्लोबल नलेज नेटवर्कका प्रमुख डा. निरज श्रेष्ठले संस्थाद्वारा सञ्चालित वेबिनारहरूबारे र युवा विभागका कार्यवाहक अध्यक्ष महेन्द्र बस्नेतले विश्वका ३४ मुलुकमा विभाग अन्तर्गत च्याप्टर गठन भइसकेको विवरण प्रस्तुत गरे । त्यस्तै, महिला विभाग संयोजक बिनिता अधिकारीले महिला सशक्तिकरणका क्षेत्रमा भइरहेका कामहरु बारे जानकारी गराइन् ।

अधिवेशनका क्रममा विभिन्न देशका च्याप्टर प्रतिनिधिहरूले संस्थाको आगामी कार्यदिशा र चुनौतीहरूबारे आ–आफ्नो धारणा राखेका थिए । अष्ट्रेलिया च्याप्टरका अध्यक्ष डा. डिल्ली बन्जाडे र डेनमार्क च्याप्टरकी अध्यक्ष सीता बरालले आ–आफ्नो क्षेत्रका गतिविधिबारे जानकारी गराउँदै शुभकामना व्यक्त गरे । युके च्याप्टर अध्यक्ष डा. सम्पूर्णानन्द ढुंगानाले नवनिर्वाचित नेतृत्वलाई बधाई दिँदै ज्ञानको विस्तारमा असीमित सम्भावना रहेको औंल्याए । उनले नयाँ कार्यसमितिलाई प्राथमिकताका क्षेत्रहरू स्पष्ट रूपमा निर्धारण गर्न, केन्द्र र च्याप्टरबीचको सम्बन्ध पुनर्परिभाषित गर्न तथा संस्थालाई महासंघको स्वरूपमा अगाडि बढाउने विषयमा गम्भीर विमर्श गर्न आग्रह गरे । अधिवेशनमा नर्थ क्यारोलिना च्याप्टरले सञ्चालन गरिरहेको नेपाली भाषा तथा संस्कृति संरक्षण अभियान र जय नेपाल अनुसन्धान संस्था (थिङ्क ट्यांक) लगायतका नयाँ पहलहरूसमेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रमको अन्त्यमा निर्वाचन समितिका संयोजक विश्वनाथ बरालले चुनावी नतिजाको आधिकारिक घोषणा गर्दै नवनिर्वाचित केन्द्रीय अध्यक्ष डा. यादव पण्डितलाई पद तथा गोपनीयताको शपथ दिलाएका थिए । नवनिर्वाचित अध्यक्ष डा. पण्डितले संस्थाको गरिमालाई उच्च राख्दै विश्वभरका नेपालीलाई जोड्ने र ज्ञान एवं सिपको आदानप्रदानलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरे । अध्यक्षले फाउन्डेसनका अन्य पदाधिकारीहरु मनोनित गर्ने छन् ।

वि.सं.२०८३ असार ३ बुधवार ०८:१६ मा प्रकाशित

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

नागढुङ्गा सुरुङमार्गमा साउनदेखि सञ्चालन हुने, यस्तो छ संचालनको तयारी ?

हिमाल लम्साल, काठमाडौँ । नागढुङ्गा–नौबिसे सुरुङमार्गबाट सवारीसाधन साउन महिनादेखि सञ्चालनमा...

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

पहाडी भूभागमा बादल र तराईका केही स्थानमा गर्मी बढ्ने

काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यूनचापीय रेखा,...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर,कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमय दर यसरप्रकार...

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

टीटुके बन्यो पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन सिजन ३ को च्याम्पियन

काठमाडौँ । पब्जी मोबाइल वेस्टमिन्स्टर शो डाउन ९पीएमडब्लुएस० सिजन ३...