back

जिल्ला अस्पताल एम्बुलेन्सविहीन

वि.सं.२०७६ असार २३ सोमवार

501 

shares
GLOBAL IME AD
NTC AD

२३ असार, स्याङ्जा । स्याङ्जा जिल्ला अस्पताल अहिले एम्बुलेन्सविहिन छ ।

अस्पतालमा भएको एम्बुलेन्स करीब एक वर्षदेखि बिग्रिएर थन्किएको हो । सदरमुकाम नजीकै रहेको जिल्ला अस्पतालको एम्बुलेन्स बिग्रिएर काम नलाग्ने अवस्थामा पुगे पनि अहिलेसम्म सम्बन्धित निकायको ध्यान पुग्न सकेको छैन ।

बिरामीको उपचारका लागि एक ठाउँबाट अर्का ठाउँमा लैजानका लागि सहजरुपमा सेवा प्रवाह गर्ने उद्देश्यले एम्बुलेन्स व्यवस्था गरिए पनि लामो समयसम्म बिग्रिएर थन्किँदा बिरामीलाई समस्या हुने गरेको छ ।

पुतलीबजार नगरपालिका ३ का रवीन्द्र श्रेष्ठले एम्बुलेन्सको अभावमा विरामीले सास्ती भोग्नु परेको बताए । जिल्ला अस्पतालमा गएका विरामीलाई थप उपचारको लागि अन्यत्र लैजानु पर्ने अवस्था आउदा एम्बुलेन्स र अन्य सवारी साधनमा लगिएका विरामीलाई अस्पतालले हेर्ने दृष्टीकोणमा समेत फरक हुने गरेको श्रेष्ठ बताउँछन् ।

जटिल स्वास्थ्य अवस्था भएका विरामीलाई एम्बुुलेन्समा अक्सिजन लगाएर पनि लैजानु पर्ने हुन्छ तर टयाक्सीमा यो सुविधा हुदैन यसले गर्दा पनि एम्बुुलेन्सको अभावमा विरामी मर्कामा परेको श्रेष्ठ बताउँछन् ।

जिल्ला अस्पतालका प्रमुख चिकित्सक अमृत पोख्रेलले करीब एक वर्षदेखि एम्बुुलेन्स बिग्रिएर प्रयोगविहीन अवस्थामा रहेको बताए । पोख्रेलले भने , “यहाँ उपचारका लागि आउने बिरामीहरु अन्यत्र रिफर गर्नुपर्ने अवस्था आयो भने ट्याक्सी खोजेर जाने गरेका छन् ।” अस्पतालका समस्या समाधानका लागि सबैले आश्वासन मात्रै दिने गरेको र अहिलेसम्म कहीँ कतैबाट त्यस्तो सहयोग नभएको उनले बताए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लोकराज शर्माले एम्बुलेन्स बेलाबेलामा मर्मत गरेर जेनतेन सञ्चालनमा ल्याइए पनि पछिल्लो समय धेरै बिग्रिन थालेपछि मर्मत गर्न नसकिएको स्पष्ट गरे । शर्माले भने,“ एक पटक मर्मत गर्दा डेढ दुई लाख खर्च हुन्छ, मर्मत ग¥यो, फेरि केही दिनमा बिग्रिएर हैरान पारेपछि मर्मत गर्न छाडिएको हो, अहिले त्यसै थन्किएर बसेको छ ।” मर्मतसम्भार गरेर पार लाग्ने नदेखिएपछि गण्डकी प्रदेश सरकारसँग एम्बुुलेन्स माग गरिएको जानकारी उनले दिए ।

वि.सं.२०७६ असार २३ सोमवार १७:१२ मा प्रकाशित

सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गर्दै तिलिजा दम्पती

सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गर्दै तिलिजा दम्पती

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ घरापका किसानले बिक्री नहुने साना...

करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

गोरखा । जिल्लाको आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि...

मुस्ताङमा लेक लागेर ११ पर्यटकको मृत्यु

मुस्ताङमा लेक लागेर ११ पर्यटकको मृत्यु

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा लेक लागेर एक वर्षको अवधिमा...

लामो समयपछि भएको हिमपात र वर्षाले किसानलाई राहत

लामो समयपछि भएको हिमपात र वर्षाले किसानलाई राहत

बेनी (म्याग्दी) । जिल्लाका हिमपात र हिउँदे वर्षा भएको छ...

मनाङ र चीनको सिमानामा सशस्त्रको ’बिओपी’ राखिने

मनाङ र चीनको सिमानामा सशस्त्रको ’बिओपी’ राखिने

मनाङ । हिमाली जिल्ला मनाङ र चीनको सिमानामा बोर्डर आउट...

लुम्बिनी विश्व शान्ति पर्यटनको केन्द्र : मन्त्री पाण्डे

लुम्बिनी विश्व शान्ति पर्यटनको केन्द्र : मन्त्री पाण्डे

लुम्बिनी । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेयले लुम्बिनी...