back

विषादी रोक्न र उत्पादनमा जोड दिन माइतीघरमा प्रदर्शन

वि.सं.२०७६ असार २३ सोमवार

567 

shares
GLOBAL IME AD
NTC AD

२३ असार, काठमाण्डौं । विषादी निरीक्षण गर्ने प्रयोगशालाको उचित व्यवस्थापन तत्काल गर्न तथा उत्पादनमैत्री वातावरण बनाउन माग गर्दै काठमाण्डौंको माइती घर मण्डलामा सांकेतिक प्रदर्शन गरिएको छ ।

अष्ट ज अभियान नेपाल र नागरिक आन्दोलन संयोजन समितिको व्यानरसहित गरिएको उक्त प्रदर्शनीमा स्वनाम साथी लगायतका नागरिक अगुवाहरुका साथै खेम शर्मा पौडेल लगायतका अष्ट ज अभियन्ताहरुको उपस्थिति रहेको थियो । कृषि क्षेत्रका विज्ञ र उत्पादन क्षेत्रमा लागेका अगुवा कृषक एवं उपभोक्ताकर्मीहरुको समेत उपस्थिति रहेको सो कार्यक्रममा स्वनाम साथिले सांकेतिक जागरणका रुपमा बुझन् सरकारलाई अपिल गरेका थिए भने अष्ट ज अभियन्ता माधव गजुरेलले सरकारले आफ्नो फितलोपना पुनरावलोकन गर्दै मानवस्वास्थ्यका साथै उत्पादन, आत्मनिर्भरता, र स्वाधीनतातर्फ जोड दिन आग्रह गरेका थिए ।

भारतीय तरकारी र फलफूललाई विषादी चेक गरेर मात्रै नेपाल प्रवेश दिन राजपत्रमा प्रकाशित आफ्नै निर्णय विपरीत सरकारले असार १९ गते पूर्वाधारको लागि समय चाहिने भन्दै विषादी निरीक्षण विनै उपभोग्य सामग्री प्रवेश गर्न दिने अर्को निर्णय गरेपछि सामाजिक संजालमा ठूलो अभिमत प्रकट भएको थियो ।

‘भारतीय दूतावासको चर्को विरोध, आपत्ति र लविङ्ग पछि वाणिज्य मन्त्रालय हुँदै नयाँ प्रस्ताव मन्त्रिपरिषद्मा लगेर अन्य निर्णय गरिएकोमा’ सरकारकै अधिकारीहरु पनि रुष्ट रहेको टिप्पणी सार्वजनिकरुपमा आएका थिए । यसै सवालमा मन्त्री मातृका यादवले आफूलाई सचिवहरुले झुक्याएको बताएका छन् । यसै विषयलाई लिएर कांग्रेस निकट नेपाल विद्यार्थी संघले आइतबार काठमाण्डाौमा एक प्रदर्शनको आयोजना गरेको थियो भने कृषिसँग जोडिएका विभिन्न संघसंस्थाहरुले संयुक्त वक्तव्य सार्वजनिक गरेका थिए ।

प्रत्येक भन्सारमा क्वारेन्टाइन र जीवनाशक विषादी अवशेष परीक्षण अनिवार्य गराउने निर्णय उल्टिएपछि सरकारले खुट्टा टेक्न नसकेको आरोपहरु पनि आइरहेका छन् ।

यसैबीच नेपाल कृषि उत्पादन तथा बजारीकरण संजाल, च्याउ उत्पादक संघ, अष्ट ज अभियान नेपाल, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ, यूवा कृषि अभियान, कृषक समुह महासंघ, किसान चौतारी नेपाल, ग्रामिण कृषि कार्यकर्ता संजाल, कालिमाटी तरकारी तथा फलफूल व्यवसायी महासंघ लगायतका संस्थाहरुको समन्वयमा निर्मित ‘स्वस्थ्य खाद्य र स्वाधीनताका लागि नागरिक दवाव अभियान’ ले यथाशक्य क्रियाकलाप अघि बढाउने निर्णय गरेको प्रवक्ता रमेश पण्डित ‘तुफान’ ले जानकारी दिएका छन् ।

वि.सं.२०७६ असार २३ सोमवार १९:२५ मा प्रकाशित

बारामा एघार हजार मेट्रिकटन तेल उत्पादन

बारामा एघार हजार मेट्रिकटन तेल उत्पादन

कलैया (बारा) । यहाँका किसानले तेलहनखेती गरी ११ हजार दुई...

सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गर्दै तिलिजा दम्पती

सुन्तलाको जुस बनाएर अतिरिक्त आम्दानी गर्दै तिलिजा दम्पती

म्याग्दी । जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ घरापका किसानले बिक्री नहुने साना...

करेन्ट लागेर एक जनाको मृत्यु

करेन्ट लागेर एक जनाको मृत्यु

गोरखा । जिल्लाको आरुघाट गाउँपालिका–६ स्थित कल्लेरीका २७ वर्षीय हरि...

अब चाँडै नै व्हाट्सएपमा एन्ड्रोइड प्रयोगकताले ‘मोशन फोटो’ शेयर गर्न पाउने

अब चाँडै नै व्हाट्सएपमा एन्ड्रोइड प्रयोगकताले ‘मोशन फोटो’ शेयर गर्न पाउने

वाशिङ्गटन । इन्स्ट्यान्ट मेसेजिङ एप ‘व्हाट्सएप’ले चाँडै नै एन्ड्रोइड प्रयोगकर्तालाई...

बिमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छ : अध्यक्ष ओझा

बिमा संस्थाको आन्तरिक नियमन र सुशासन बलियो बनाउन आवश्यक छ : अध्यक्ष ओझा

काठमाडौँ । नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बिमा क्षेत्रमा...

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउन सरकार क्रियाशील छ : उर्जामन्त्री खड्का

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले प्रविधिको प्रयोगबाट...