back
CTIZAN AD

विषादी रोक्न र उत्पादनमा जोड दिन माइतीघरमा प्रदर्शन

वि.सं.२०७६ असार २३ सोमवार

1.1K 

shares

२३ असार, काठमाण्डौं । विषादी निरीक्षण गर्ने प्रयोगशालाको उचित व्यवस्थापन तत्काल गर्न तथा उत्पादनमैत्री वातावरण बनाउन माग गर्दै काठमाण्डौंको माइती घर मण्डलामा सांकेतिक प्रदर्शन गरिएको छ ।

अष्ट ज अभियान नेपाल र नागरिक आन्दोलन संयोजन समितिको व्यानरसहित गरिएको उक्त प्रदर्शनीमा स्वनाम साथी लगायतका नागरिक अगुवाहरुका साथै खेम शर्मा पौडेल लगायतका अष्ट ज अभियन्ताहरुको उपस्थिति रहेको थियो । कृषि क्षेत्रका विज्ञ र उत्पादन क्षेत्रमा लागेका अगुवा कृषक एवं उपभोक्ताकर्मीहरुको समेत उपस्थिति रहेको सो कार्यक्रममा स्वनाम साथिले सांकेतिक जागरणका रुपमा बुझन् सरकारलाई अपिल गरेका थिए भने अष्ट ज अभियन्ता माधव गजुरेलले सरकारले आफ्नो फितलोपना पुनरावलोकन गर्दै मानवस्वास्थ्यका साथै उत्पादन, आत्मनिर्भरता, र स्वाधीनतातर्फ जोड दिन आग्रह गरेका थिए ।

भारतीय तरकारी र फलफूललाई विषादी चेक गरेर मात्रै नेपाल प्रवेश दिन राजपत्रमा प्रकाशित आफ्नै निर्णय विपरीत सरकारले असार १९ गते पूर्वाधारको लागि समय चाहिने भन्दै विषादी निरीक्षण विनै उपभोग्य सामग्री प्रवेश गर्न दिने अर्को निर्णय गरेपछि सामाजिक संजालमा ठूलो अभिमत प्रकट भएको थियो ।

‘भारतीय दूतावासको चर्को विरोध, आपत्ति र लविङ्ग पछि वाणिज्य मन्त्रालय हुँदै नयाँ प्रस्ताव मन्त्रिपरिषद्मा लगेर अन्य निर्णय गरिएकोमा’ सरकारकै अधिकारीहरु पनि रुष्ट रहेको टिप्पणी सार्वजनिकरुपमा आएका थिए । यसै सवालमा मन्त्री मातृका यादवले आफूलाई सचिवहरुले झुक्याएको बताएका छन् । यसै विषयलाई लिएर कांग्रेस निकट नेपाल विद्यार्थी संघले आइतबार काठमाण्डाौमा एक प्रदर्शनको आयोजना गरेको थियो भने कृषिसँग जोडिएका विभिन्न संघसंस्थाहरुले संयुक्त वक्तव्य सार्वजनिक गरेका थिए ।

प्रत्येक भन्सारमा क्वारेन्टाइन र जीवनाशक विषादी अवशेष परीक्षण अनिवार्य गराउने निर्णय उल्टिएपछि सरकारले खुट्टा टेक्न नसकेको आरोपहरु पनि आइरहेका छन् ।

यसैबीच नेपाल कृषि उत्पादन तथा बजारीकरण संजाल, च्याउ उत्पादक संघ, अष्ट ज अभियान नेपाल, नेपाल मौरीपालन केन्द्रीय सहकारी संघ, यूवा कृषि अभियान, कृषक समुह महासंघ, किसान चौतारी नेपाल, ग्रामिण कृषि कार्यकर्ता संजाल, कालिमाटी तरकारी तथा फलफूल व्यवसायी महासंघ लगायतका संस्थाहरुको समन्वयमा निर्मित ‘स्वस्थ्य खाद्य र स्वाधीनताका लागि नागरिक दवाव अभियान’ ले यथाशक्य क्रियाकलाप अघि बढाउने निर्णय गरेको प्रवक्ता रमेश पण्डित ‘तुफान’ ले जानकारी दिएका छन् ।

वि.सं.२०७६ असार २३ सोमवार १९:२५ मा प्रकाशित

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

नेकपा नेताहरुमाथि अनुसन्धान बढ्न सक्ने मुकुल ढकालको दाबी

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक पूर्वमहामन्त्री मुकुल ढकालले...

भजनमा रमाउँदै युवा

भजनमा रमाउँदै युवा

चितवन । केही वर्षअघिसम्म भजनकीर्तन भनेपछि धेरैको मनमा उमेर ढल्किएका...

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा...

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

भ्रामक भिडियो बनाएको आरोपमा मीनकुमार गुरुङविरुद्ध मुद्दा

काठमाडौं । गृहमन्त्री सुदन गुरुङको बैंक खातासम्बन्धी विवरण केन्द्रीय अनुसन्धान...

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर तह (एमबीएस) को...

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

काठमाडौँ । सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले...