back
CTIZAN AD

साताको दोस्रो दिन पनि ओरालोतर्फै शेयर बजार

वि.सं.२०७६ असार २४ मंगलवार

804 

shares

 

२४ असार, काठमाडौँ । साताको पहिलो दिन आइतबार जस्तै सोमबार पनि शेयर बजारमा कारोवार मापक नेप्से परिसूचक ओरालो लाग्ने क्रम जारी रह्यो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ८.७० विन्दुले घटेर एक हजार २४७.३५ विन्दुमा पुगेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.५६ विन्दुले घटेर २६८.७९ मा झरेको छ । नेप्से घट्दा कारोवार रकम भने झण्डै रु ६० करोडको हाराहारीमा रहेको छ । कूल १७१ कम्पनीको २९ लाख १० हजार १५३ कित्ता शेयर रु ५९ करोड १० लाख ५३ हजार ८१२ मूल्यमा कारोवार भएको छ ।

स्टकका अनुसार कारोवार भएका कूल ११ उपसमूहमध्ये सोमबार दुई उपसमूहको शेयर बढेको छ भने नौ उपसमूहको शेयर ओरालो लागेको छ । जलविद्युत् २.४ र सामूहिक लगानी कोष ०.०५ विन्दुले बढेको छ । यस्तै बैंकिङ ९.४९, होटल ०.९२, विकास बैंक ६.७१, वित्त २.६९, निर्जीवन बीमा ६३.२२, उत्पादन ८.०४, अन्य ३.१७, लघुवित्त ६.५ र जीवन बीमा ६४.०८ विन्दुले घटेको छ ।

स्टकका अनुसार सोमबार प्रभु बैंकको संस्थापक शेयरको सबैभन्दा बढी कारोवार भएको छ । सो बैंकको रु ११ करोड ४५ लाख ७० हजार बराबरको कारोवार भयो । यस्तै सिभिल बैंक रु तीन करोड ८० लाख २० हजार ९९६, साल्ट टे«डिङ कर्पाेरेशनको रु तीन करोड आठ हजार, प्रभु बैंकको रु दुई करोड ७६ लाख २० हजार ३३९, नेपाल बैंक लिमिटेडको रु दुई करोड ३६ लाख ८६ हजार ८८८, सेञ्चुरी बैंकको रु एक करोड ७५ लाख सात हजार ७७३ र मेगा बैंकको रु एक करोड ६० लाख ४८ हजार ३१० मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार सोमबार इन्फिनिटी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाए । यस्तै आँखु खोला जलविद्युत् कम्पनी ७.०४, अरुण काबेली पावर ३.८५, घलेम्दी हाइड्रो ३.६१, सिनर्जी पावर ३.३७, र कर्पोरेट डेभलपमेन्ट बैंकका शेयरधनीले ३.२५ प्रतिशतले कमाए । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ९.९१ प्रतिशतले गुमाए । रैराङ हाइड्रोपावर ५.३०, वेस्ट फाइनान्स कम्पनी ४.७६, सगरमाथा इन्स्योरेन्स ३.८७, मल्टीपर्पोज फाइनान्स कम्पनी ३.८४ र समिट लघुवित्त वित्तीय संस्थाका शेयरधनीले ३.७७ प्रतिशतले गुमाए । (रासस)

वि.सं.२०७६ असार २४ मंगलवार ०७:२१ मा प्रकाशित

सिटिजन्स बैंक र नियो भर्स बीच समझदारी, ग्राहकले पाउने भए आकर्षक छुट

सिटिजन्स बैंक र नियो भर्स बीच समझदारी, ग्राहकले पाउने भए आकर्षक छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नियो भर्स प्रा.लि.(नेओटेरिक...

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

नबिल बैंक ‘बेस्ट कमर्सियल बैंक आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट सम्मानित

नबिल बैंक ‘बेस्ट कमर्सियल बैंक आइसिसी इमर्जिङ एसिया बैंकिङ अवार्डबाट सम्मानित

काठमाडौं । नबिल बैंकले ‘बेस्ट कमर्सियल बैंक (नेपाल)’ अवार्ड प्राप्त...

अर्थका सहसचिवको निष्कर्षप्रति अर्थशास्त्री रविन्द्र भट्टराईको कडा असहमति

अर्थका सहसचिवको निष्कर्षप्रति अर्थशास्त्री रविन्द्र भट्टराईको कडा असहमति

काठमाडौं । शेयर विश्लेषक तथा अर्थशास्त्री रविन्द्र भट्टराईले प्रतिनिधिसभाको अर्थ...

प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह

प्रवासी नेपालीलाई मातृभूमिको विकासका निम्ति लगानी गर्न अर्थमन्त्रीको आग्रह

काठमाडौँ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रवासी नेपालीलाई मातृभूमिको विकासका...