२४ असार, काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न ठेक्का सम्पन्न गर्न सरकारबाट २४ अर्ब रुपैयाँ पेस्की लिएर बेपत्ता भएका ठेकेदारमाथि छानबिन थालेको छ । विभिन्न विकास आयोजनाको नाममा ठेकेदारहरुले पेश्कीस्वरुप राज्यकोषबाट लिएको २४ अर्ब रुपैयाँ डुब्ने अवस्थामा पुगेको भन्दै अख्तियारले उनीहरुमाथि छानबिन थालेको हो ।
अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले ठेक्का लिएर वर्षाैदेखि काम अलपत्र पार्ने र आयोजनालाई रुग्ण बनाउने ठेकेदारमाथि छानबिन थालिएको जानकारी दिए ।
अख्तियारले देशभरका १ हजार ८४८ वटा आयोजनाको अध्ययन गरी रुग्ण आयोजनाको पहिचान गरिएका रुग्ण आयोजनामा सहधागी हुने सबैलाई कारबाहीको दायरामा ल्याइने अख्तियार प्रवक्ता कोइरालाले बताए । मंगलबारको राजधानी दैनिकबाट
वि.सं.२०७६ असार २४ मंगलवार ०७:३६ मा प्रकाशित




























