back
CTIZAN AD

एमबीएसको प्रश्नपत्र सार्वजनिक प्रकरणमा केही व्यक्ति अनुसन्धानको घेरामा

वि.सं.२०८३ साउन १० आइतवार

36 

shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायअन्तर्गत स्नातकोत्तर तह (एमबीएस) को ‘अर्गनाइजेसनल बिहेबियर’ विषयको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा सार्वजनिक भएपछि घटनाले गम्भीर रूप लिएको छ। प्रश्नपत्र चुहावट प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी्) ले केही व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ।

प्रारम्भिक जानकारीअनुसार साउन ८ गते सञ्चालन भएको परीक्षाको प्रश्नपत्र परीक्षा चलिरहेकै समयमा विभिन्न सामाजिक सञ्जाल तथा मेसेजिङ माध्यममार्फत प्रसारण भएको थियो। परीक्षार्थी र सरोकारवालाबाट प्रश्नपत्र बाहिरिएको जानकारी आएपछि त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्काय डिनको कार्यालयले सम्बन्धित निकायलाई अनुसन्धान तथा कानुनी कारबाहीका लागि पत्राचार गरेको थियो।

घटनालाई गम्भीर रूपमा लिँदै सिआइबीले प्रश्नपत्र सार्वजनिक गर्ने कार्यमा संलग्न रहेको आशंकामा केही व्यक्तिलाई पक्राउ गरी उनीहरूको मोबाइल, डिजिटल उपकरण तथा सञ्चार अभिलेखको परीक्षण गरिरहेको जनाएको छ। अनुसन्धान टोलीले प्रश्नपत्र परीक्षा केन्द्रबाट बाहिरिएको हो वा छपाइ, ढुवानी अथवा अन्य कुनै चरणबाट चुहावट भएको हो भन्ने विषयमा पनि अनुसन्धान गरिरहेको छ।

यसैबीच, त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण महाशाखाले घटनाको सत्यतथ्य पत्ता लगाउन प्रा. डा. अच्युत ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ। समितिमा अनुगमन निर्देशनालयका उपनिर्देशक सहप्राध्यापक पुष्कर रैखला र केन्द्रीय परीक्षा सञ्चालक समितिका सदस्य सहप्राध्यापक महेशराज ओझा सदस्य रहेका छन्। समितिलाई सात कार्यदिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।

शिक्षा क्षेत्रका सरोकारवालाले परीक्षा प्रणालीको गोपनीयता र विश्वसनीयतामाथि प्रश्न उठाउने यस्ता घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्नुपर्ने बताएका छन्। प्रश्नपत्र चुहावटले हजारौं विद्यार्थीको मेहनत र परीक्षा प्रणालीप्रतिको विश्वासमा असर पुग्ने भएकाले विश्वविद्यालयले भविष्यमा यस्ता घटना दोहोरिन नदिन सुरक्षा प्रणाली थप प्रभावकारी बनाउनुपर्ने माग पनि उठेको छ।

प्रश्नपत्र वास्तवमा कसरी बाहिरियो भन्ने विषयमा हालसम्म कुनै आधिकारिक निष्कर्ष सार्वजनिक भएको छैन। प्रहरी र विश्वविद्यालयको छानबिन प्रतिवेदनपछि मात्रै प्रश्नपत्र चुहावटको वास्तविक स्रोत र संलग्न व्यक्तिबारे स्पष्ट हुने अपेक्षा गरिएको छ।

वि.सं.२०८३ साउन १० आइतवार १४:४८ मा प्रकाशित

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

हिमालमा हिउँ पग्लिनुको प्रमुख कारण आरोहीका गतिविधि मात्रै हैनन् : आरोही पासाङ दावा शेर्पा

काठमाडौँ । सोलुखुम्बुको पाङ्बोचेमा जन्मिएका ४९ वर्षीय पासाङ दावा शेर्पाले...

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

निरञ्जना चन्द ‘निरु’ को काव्यिक आवाज–कर्णालीदेखि काठमाडौँसम्म

काठमाडौँ । “एक फरक मुसाफिर हुँ म मेरो दुनियाँ अरूको...

सिटिजन्स बैंक र नियो भर्स बीच समझदारी, ग्राहकले पाउने भए आकर्षक छुट

सिटिजन्स बैंक र नियो भर्स बीच समझदारी, ग्राहकले पाउने भए आकर्षक छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नियो भर्स प्रा.लि.(नेओटेरिक...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

भोलिदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो चरणमा आपतकालीन सवारीलाई मात्र अनुमति

भोलिदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो चरणमा आपतकालीन सवारीलाई मात्र अनुमति

काठमाडौं । नेपालकै पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा–सिस्नेखोला...