back
CTIZAN AD

भोलिदेखि खुल्दै नागढुंगा सुरुङमार्ग, पहिलो चरणमा आपतकालीन सवारीलाई मात्र अनुमति

वि.सं.२०८३ साउन १० आइतवार

57 

shares

काठमाडौं । नेपालकै पहिलो सडक सुरुङमार्गका रूपमा निर्माण गरिएको नागढुंगा–सिस्नेखोला सुरुङमार्ग भोलिदेखि औपचारिक सञ्चालनमा आउने भएको छ। सुरुङमार्ग भोलि पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र जाइकाका अध्यक्षले संयुक्त रूपमा गर्ने तयारी छ । २०७६ कात्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको यो आयोजना करिब सात वर्षपछि सञ्चालनमा आउन लागेको हो।

उद्घाटनपश्चात तत्कालका लागि एम्बुलेन्स, दमकल र सुरक्षा निकायका आकस्मिक सवारीसाधनलाई मात्र सुरुङमा प्रवेश दिइने सडक विभागले जनाएको छ ।

सडक विभागका महानिर्देशक डा विजय जैसीका अनुसार मुख्य सुरुङको लम्बाइ २.६८ किलोमिटर रहेको छ। सुरुङसँगै आपत्कालीन अवस्थाका लागि छुट्टै उद्धार (इभ्याकुएसन) सुरुङ, क्रस–पासेज, अत्याधुनिक भेन्टिलेसन प्रणाली, अग्नि सुरक्षा उपकरण, सीसीटीभी निगरानी, सञ्चार प्रणाली तथा नियन्त्रण कक्षको व्यवस्था गरिएको छ। सुरुङभित्र २४ सै घण्टा निगरानी र आपत्कालीन उद्धार सेवाको व्यवस्था रहने जनाइएको छ।

काठमाडौं उपत्यकाको पश्चिमी प्रवेशद्वारमा रहेको यो सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं–धादिङ हुँदै देशका विभिन्न जिल्लासम्मको आवागमन थप सहज, सुरक्षित र छिटो हुने अपेक्षा गरिएको छ। नागढुंगाको उकालो, साँघुरो सडक र बारम्बार हुने ट्राफिक जामबाट यात्रुले राहत पाउने विश्वास गरिएको छ।

आयोजनाअन्तर्गत सुरुङमार्गसँगै पहुँच सडक, तीनवटा पुल तथा फ्लाइओभर समेत निर्माण गरिएको छ, जसले सुरुङ क्षेत्रमा सवारी व्यवस्थापनलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

सरकारले सुरुङमार्ग सञ्चालनको पहिलो दिन आपत्कालीन सेवाका सवारीसाधनलाई मात्र आवागमनको अनुमति दिने जनाएको छ। त्यसपछि परीक्षण र व्यवस्थापनको मूल्याङ्कन गर्दै निजी तथा सार्वजनिक सवारीसाधनलाई चरणबद्ध रूपमा सञ्चालन गर्न दिइनेछ।

यो आयोजना जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को सहुलियतपूर्ण ऋण सहयोगमा निर्माण गरिएको हो। निर्माणको जिम्मा जापानी कम्पनी हाजामा–आन्दो कर्पोरेसनले लिएको थियो।

सुरुङमार्ग सञ्चालनमा आएपछि काठमाडौं–नागढुंगा खण्डको यात्रा समय उल्लेख्य रूपमा घट्ने, इन्धनको बचत हुने, सवारीसाधनको सञ्चालन लागत कम हुने तथा मालवाहक ढुवानी थप सहज हुने अपेक्षा गरिएको छ। साथै, वर्षायाममा पहिरो र सडक अवरोधका कारण हुने समस्या पनि केही हदसम्म कम हुने विश्वास गरिएको छ।

 

वि.सं.२०८३ साउन १० आइतवार १३:३२ मा प्रकाशित

सिटिजन्स बैंक र नियो भर्स बीच समझदारी, ग्राहकले पाउने भए आकर्षक छुट

सिटिजन्स बैंक र नियो भर्स बीच समझदारी, ग्राहकले पाउने भए आकर्षक छुट

काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र नियो भर्स प्रा.लि.(नेओटेरिक...

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

प्रश्नपत्र सार्वजनिक गरेको अभियोगमा पक्राउ

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायको ‘मास्टर्स अफ बिजनेस स्टडिज’...

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

भोटेकोसीमा गाडी खसेपछि खोजी तथा उद्धारमा खटेकालाई हौसला दिन गृहमन्त्री घटनास्थलमा

काठमाडौँ । शनिबार साँझ चालकसहित भोटेकोसीमा खसेको विद्युतीय सवारीसाधन र...

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

महालक्ष्मी विकास बैंक इन्डियन चेम्बर अफ कमर्सको प्रतिष्ठित अवार्डबाट सम्मानित

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध...

प्रदेशसभा विघटन रोक्न एमालेसँग सहकार्य गरेको हो : नारायणकाजी श्रेष्ठ

प्रदेशसभा विघटन रोक्न एमालेसँग सहकार्य गरेको हो : नारायणकाजी श्रेष्ठ

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नारायणकाजी...

आइफोनको विवादमा मारिएका किशोरको हत्या आरोपमा चार जना पक्राउ

आइफोनको विवादमा मारिएका किशोरको हत्या आरोपमा चार जना पक्राउ

काठमाडौं । बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय लजिन थापाको...