काठमाडौं । गृहमन्त्री सुदन गुरुङको बैंक खातासम्बन्धी विवरण केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रमुखले सार्वजनिक गरेको भन्ने दाबी गर्दै सामाजिक सञ्जाल फेसबुकमा भ्रामक भिडियो प्रसारण गरेको आरोपमा गोरखा निवासी मीनकुमार गुरुङ “फिटम्यान” विरुद्ध मुद्दा दायर गरिएको छ।
जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंले गुरुङविरुद्ध काठमाडौं जिल्ला अदालतमा विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २)६३ अन्तर्गतको कसुरमा अभियोग दायर गरेको हो।
अभियोगपत्रअनुसार गुरुङले तथ्यहीन र भ्रामक सामग्री सामाजिक सञ्जालमार्फत प्रसारण गरी विद्युतीय कारोबार ऐनविपरीतको कसुर गरेको आरोप लगाइएको छ। मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २)७४ को दफा ३२ बमोजिम दायर गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ।
हाल विदेशमा रहेका आरोपी गुरुङ फरार रहेकाले उनलाई फरार सूचीमा राखेर कानुनी प्रक्रिया अघि बढाइएको अभियोगपत्रमा उल्लेख छ। सरकारी वकिल कार्यालयले गुरुङमाथि दोषी ठहरिएमा एक लाख रुपैयाँसम्म जरिबाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ।
वि.सं.२०८३ साउन १० आइतवार १६:२६ मा प्रकाशित






























