back
CTIZAN AD

डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग

वि.सं.२०८३ साउन १० आइतवार

174 

shares

वीरगन्ज (पर्सा) । नेपाल चिकित्सक सङ्घले शनिबार वीरगन्जस्थित नारायणी अस्पतालमा कार्यरत मेडिकल अफिसर डा प्रमोद राममाथि आक्रमण गर्नेलाई कडा कारबाहीको माग गरेको छ ।

सङ्घले आज विज्ञप्ति जारी गर्दै डा राममाथि शनिबार बेलुका करिब ४०–५० जनाको समूहले मरणासन्न हुनेगरी साङ्घातिक आक्रमण गरेको जनाउँदै घटनाको भत्र्सना गरेको छ ।

शनिबार बिहान अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका मुटुसम्बन्धी समस्याका बिरामी र घटनाको यथार्थ नबुझी अस्पतालको अस्पतालको आकस्मिक कक्षमा तोडफोड गरी आतङ्क सृजना गरिएको र सोही क्रममा डा राममाथि साङ्घातिक आक्रमण गरिएको सङ्घको भनाइ छ ।

सङ्घले भनेको छ, “स्वास्थ्य संस्थाजस्तो संवेदनशील क्षेत्रलाई आतङ्कित पार्नेगरी पठाइएको यस्तो आपराधिक घटनामा संलग्न दोषीहरुलाई अविलम्ब कानुनको दायरामा ल्याई कानुनबमोजिम कडा कारबाही गरी सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन सङ्घ नेपाल सरकारसँग जोडदार माग गर्दछ ।”

वि.सं.२०८३ साउन १० आइतवार १६:३० मा प्रकाशित

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

चार वर्ष वैदेशिक रोजगारीमा बसेका सार्कीले झाडी फाँडेर व्यावसायिक अकबरे खुर्सानी खेती

वालिङ (स्याङ्जा) । मनबहादुर सार्कीले बाँझो जमिन भाडामा लिएर व्यावसायिक...

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

किवी खेतीमा रमाउँदै वडाध्यक्ष राई

इलाम । वडाध्यक्ष सनम राई गाँउका उदाहरणीय कृषक बन्नुभएको छ...

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

नामीले नेपालमा नयाँ भिगो E2 “फुल एसयूभी” सार्वजनिक गर्ने

काठमाडौं: नेपालका लागि डोङफेङ नामीको आधिकारिक आयातकर्ता एमएडब्लू वृद्धि मोटर्सले...

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर महानगरमा चिकित्सक सहितको एम्बुलेन्स सेवा सुरु

ललितपुर । ललितपुर महानगरले आजदेखि सूचना प्राप्त भएको १५ मिनेटभित्र...

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।...

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

जिल्ला कारागार मोरङका कैदीबन्दी प्रदर्शनमा

काठमाडौं । जिल्ला कारागार मोरङका कैदीबन्दीमा प्रदर्शनमा उत्रिएका छन् ।...