back
CTIZAN AD

प्रदेशसभा विघटन रोक्न एमालेसँग सहकार्य गरेको हो : नारायणकाजी श्रेष्ठ

वि.सं.२०८३ साउन १० आइतवार

252 

shares

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ ले प्रदेश सरकारमा नेकपा र नेकपा एमालेबीच भएको सत्ता सहकार्य प्रदेशसभा विघटन हुनबाट जोगाउने उद्देश्यले गरिएको बताएका छन्।

आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेको लामो धारणामा श्रेष्ठले आफ्नो पार्टी सरकार बनाउने वा गिराउने खेलमा संलग्न हुन नचाहेको स्पष्ट पार्दै तत्कालीन राजनीतिक परिस्थितिका कारण प्रदेशसभा विघटन रोक्न सरकारमा सहभागी हुने बाध्यात्मक निर्णय गर्नुपरेको बताएका छन्।

श्रेष्ठका अनुसार नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको प्रदेश सरकारले आफ्नो बाँकी कार्यकाल पनि निरन्तर सञ्चालन गरोस् भन्ने नै नेकपाको चाहना थियो। तर कांग्रेस र एमाले एउटै सरकारमा बस्न नसक्ने अवस्था सिर्जना भएपछि प्रदेशसभा विघटनकाे  परिस्थितिमा जान नदिन नेकपाले एमालेसँग मिलेर प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको उनले उल्लेख गरेका छन्।

उनले लेखेका छन्, “हामी सरकार फाल्ने वा बनाउने कार्यमा संलग्न हुन चाहँदैनथ्यौं। हामीले यही कुरा कांग्रेस र एमालेसँग गरेका पनि थियौं। तर कांग्रेस र एमाले एउटै सरकारमा बस्दै नबस्ने स्थिति आएपछि तत्काल प्रदेशसभा विघटनमा जान नदिनका लागि हामी सरकारमा सहभागी हुने बाध्यात्मक निर्णय लिनुपर्ने स्थितिमा पुगेका हौं।”

श्रेष्ठले पार्टीको नीति प्राथमिकताका आधारमा बामपन्थी शक्तिसँग सहकार्य गर्ने भएकाले एमालेसँग सहमति भएको पनि स्पष्ट पारेका छन्।

प्रदेश सरकार गठनसँगै विगतका कमजोरी नदोहोरिने संकल्प आवश्यक रहेको उल्लेख गर्दै उनले मुख्यमन्त्री वा मन्त्री बन्नु पार्टीको प्राथमिकता नभएको बताएका छन्। बरु सरकारका नीति, कार्यक्रम र निर्णय संविधानले निर्देश गरेअनुसार समाजवादउन्मुख समृद्धि, प्रदेशको विकास र जनताको हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्नेमा उनले जोड दिएका छन्।

उनले सरकारका मन्त्रीहरूको जीवनशैली, कार्यशैली र राजनीतिक संस्कृतिसमेत बामपन्थी सरकारको चरित्रअनुसार हुनुपर्ने उल्लेख गर्दै यस विषयमा कुनै सम्झौता वा हेलचक्याइँ स्वीकार्य नहुने बताएका छन्।

श्रेष्ठले नेकपाका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको कार्यसम्पादन प्रमुख कार्यसम्पादन सूचक (केपीआई) प्रणालीमार्फत पार्टीको अनुगमन तथा मूल्याङ्कन विभागले सुरुदेखि नै नियमित रूपमा अनुगमन र मूल्याङ्कन गर्ने जानकारी पनि दिएका छन्।

राजनीतिक पृष्ठभूमिअनुसार तत्कालीन संसदका पहिलो र दोस्रो ठूलो दल नेकपा एमाले र नेपाली कांग्रेसले २०८० असार १५ गते संघ र प्रदेशमा आलोपालो नेतृत्वसहित सरकार गठन गर्ने सहमति गरेका थिए। तर त्यसपछि विकसित राजनीतिक घटनाक्रम, जेन्जी आन्दोलन तथा कांग्रेसभित्र देखिएको आन्तरिक विग्रहका कारण उक्त सहकार्य निरन्तर रहन सकेन।

पछि नेपाली कांग्रेसको वर्तमान नेतृत्वले प्रदेशमा पहिलो र दोस्रो दल मिलेर सरकार गठन गर्नु लोकतन्त्रविरोधी गतिविधि भएको निष्कर्ष निकाल्दै एमालेसँगको सहकार्य अन्त्य गर्ने निर्णय गरेपछि प्रदेश सरकारहरू अल्पमतमा परेका थिए।

यही परिस्थितिमा प्रदेशसभा विघटन हुन नदिन नेपाली कम्युनिस्ट पार्टीले एमालेसँग सत्ता साझेदारी गर्ने निर्णय गरेको सन्देश श्रेष्ठको सार्वजनिक धारणाबाट स्पष्ट भएको छ।

वि.सं.२०८३ साउन १० आइतवार १३:०४ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...