back
CTIZAN AD

गजल

वि.सं.२०८३ साउन ९ शनिवार

363 

shares

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ

नयनका छटाले हदै गर्न थाले
रुमानी अदाले हदै गर्न थाले

सुनूँ लाग्छ हरपल मधुर बात उनको
वचनका सुधाले हदै गर्न थाले

असर के पर्यो खै प्रियाको मभित्र
जुबानी छुराले हदै गर्न थाले

भएँ लठ्ठ पिउँदा सुरा प्रीतरूपी
अधरका नसाले हदै गर्न थाले

बिना निम्तो आई हृदय पोल्ने गर्छन्
बिगतका कथाले हदै गर्न थाले

बहर : मुतकारिब मुसम्मन सालिम
अर्कान : फऊलुन् , फऊलुन् , फऊलुन् फऊलुन्
वजन : १२२ – १२२ – १२२ – १२२
काफिया : आ (एकाक्षरी स्वर)
तहलिली रदीफ : ले
रदीफ : हदै गर्न थाले
अभ्यास : स्वर्ण पाठशाला

वि.सं.२०८३ साउन ९ शनिवार ०७:५४ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...