back
CTIZAN AD

गजल

वि.सं.२०८३ साउन ९ शनिवार

66 

shares

जेवी जिज्ञासु,सोलुखुम्बु

सुकेका पातले हरियो छु भन्दै छन्
मरेका मान्छे बाँचेको छु भन्दै छन्

कुवाका भ्यागुता दम्भी भए साह्रै
सगरमाथासरी अग्लो छु भन्दै छन्

मलाई दु:खमै छोडे ती साथीले
खुसी देखेर दु:खी पो छु भन्दै छन्

अरूले जे भनून् बन्छन् मपाईँ खुद
घमण्डीले स्वयम् राम्रो छु भन्दै छन्

विदेशी भूमिमा पसिना बहेकाे छ
यहाँ बारीहरू बाँझो छु भन्दै छन्

बहर : हजज मुसद्दस सालिम
अर्कान : मुफाईलुन्, मुफाईलुन्, मुफाईलुन्
वजन : १२२२ – १२२२ – १२२२
काफिया : ओ
रदिफ : छु भन्दै छन्
अभ्यास : परिश्रमी पाठशाला
Anurag forwarded an image
गजल

सुधिर थापा
कुपण्डोल , काठमाडौँ

पीडा जहाँ मेरो अपार हुन्छ
तिम्रो त्यहीँ दुख्ने प्रहार हुन्छ

गल्ती गरेको छैन भन्ने ठान्छु
उल्टै सधैँ दोषी करार हुन्छ

माया उनैलाई म गर्छु जहिल्यै
कोमल स्वयम् जसको हियार हुन्छ

धोका दियाै साँच्चै भने तिमीले
यो दिल निकै मेरो बिमार हुन्छ

राम्रो गरे हाम्रो हुनेछ राम्रो
अन्जानमै , कस्तो विचार हुन्छ

बहर : सरिअ मुसद्दस मक्सुफ ।
अर्कान : मुस्तफ्इलुन् मुस्तफ्इलुन् फऊलुन्
वजन : २२१२ – २२१२ – १२२
काफिया : आर
रदिफ : हुन्छ
अभ्यास : हाम्रो गजल पाठशाला

वि.सं.२०८३ साउन ९ शनिवार ०७:५७ मा प्रकाशित

कविता : तीजकी श्रीमती

कविता : तीजकी श्रीमती

हिरा भट्ट ' बदमास नम्बर दुई ` पञ्चेश्वर-६,बिजुल,बैतडी खट्टे खा...

झिल्का कविता

झिल्का कविता

बुद्धिमान दनुवार (सुरुङ्गेली कान्छो) कनकाई नगरपालिका ४ झापा १. सपना...

चारु

चारु

कल्पना मरासिनी भूमिकास्थान,अर्घाखाँची, हाल : ललितपुर विगत जस्तै आज पनि...

गजल

गजल

सुधिर थापा कुपण्डोल , काठमाडौँ पीडा जहाँ मेरो अपार हुन्छ...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ नयनका छटाले हदै गर्न थाले...

सुसेली : साउन

सुसेली : साउन

फेसबुक कवि बैत्यश्वर- ६, दाेलखा आहा! हरियाे, चुरा पाेते फरिया,...