back
CTIZAN AD

सुसेली : साउन

वि.सं.२०८३ साउन ९ शनिवार

444 

shares

फेसबुक कवि
बैत्यश्वर- ६, दाेलखा

आहा! हरियाे,
चुरा पाेते फरिया,
दङ्ग परियाे ।१।

उत्तम मास,
सूर्य दक्षिणायण,
लम्बिए रात ।२।

खाना सात्विक,
सुस्वास्थ्यकाे धारणा,
भाव अस्तिक ।३।

व्रत महिमा,
सप्रन्छ रे संसार,
बाेल वममा ।४

मन्त्राेचारण,
तन मन तरङ्ग,
उर्जा ग्रहण ।५

त्याग तामस,
शिवालय गमन,
शान्ति आभाष ।६।

जल महत्व,
शिवलिङ्ग सृष्टिकाे,
प्रेम जड हाे ।७।

खेती सकेर,
हरियाली शृङ्गार,
सृष्टि रचेर ।८।

वर्षा माैसम,
पाच्य शक्ति मलिन,
सात्विक बन ।९।

शिव त्रिशूल,
सृष्टि रक्षा बिनाश,
अर्थ नभुल ।१०

वि.सं.२०८३ साउन ९ शनिवार ०७:५३ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...