back
CTIZAN AD

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

वि.सं.२०८३ असार ८ सोमवार

1.1K 

shares

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल खेलमा १० टिमलाई पछि पार्दै नेपालय क्लव विजयी भएको छ ।
यहि जुन २० का दिन सम्पन्न उक्त खेलमा नर्बेमा क्रियाशील विभिन्न क्लब र नेपाली संघ–संस्थाको प्रतिनिधित्व गर्दे यस वर्ष ११ टिमको सहभागीता रहेको थियो ।

खेलको माध्यमद्वारा विभिन्न संघ संस्था र समुदायबीच आपसी सद्भाव अभिवृद्धि गर्दै लैजाने अभिप्रायबाट यो मैत्रिपूर्ण फुटबल खेलको आयोजना गरिएको महासचिव पशुपति प्रसाद भण्डारीले बताए ।

बालबालिकाहरुको समर स्कूल बिदा र लामो समयसम्म हिउँ र बादलपछि प्रत्येक वर्ष आयोजना गरीने यस एभरेस्ट कप फुटबलले नेपाली समुदायको राम्रो प्रभाव र धेरैको ध्यानाकर्षण गरेको छ ।प्रतियोगितामा प्रमुखअतिथि बिष्णु गौतम र नर्वेका अध्यक्ष श्रद्धा सिंह थापाले निर्धारित समयतालिका अनुसार नर्बेजिएन तथा नेपाली राष्ट्रिय धून बजाई खेलको उद्घाटन गरेका थिए ।

आयोजकले प्रतियोगिता सफल पार्नको निमित्त स्वयंसेवक तथा अन्य आवश्यक संरचनाको उचित ब्यवस्थापन मिलाएको थियो ।
प्रतिस्पर्धाको फाईनल खेल प्रतियोगितामा सहभागी ११ टिमलाई पछि पार्दै २०२६ को उपाधि नेपालय टिमले हात पार्न सफल भएको हो ।

फाइनलमा पुगेको नेपोसले दोश्रो उपाधि हात पार्न सफल रनर अप उपविजेता बनेको छ ।

प्रतियोगीतमा सहभागी टीम ११ मध्येबाट एमिलिस स्भिटोभास उत्कृष्ट खेलाडी घोषित हुनु भएका छन् भने टप स्कोरमा सिमाओ लोपेस र उत्कृष्ट कीपरमा रूपेश श्रेष्ठ, निष्पक्ष खेल प्रदर्शनमा प्रवासी नेपाली सम्पर्क बिभाग, नर्वेका उदयीमान खेलाडी साभार थापा घोषित भए ।
प्रतियोगीताको पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिष्णु गौतम, एनआरएनएमा विभिन्न तहमा रहेका संस्थाका पदाधिकारी, संरक्षक, सल्लाहकार, विभिन्न संघ संस्थाका प्रतिनिधि र सामाजिक अभियान्ताहरुको रोहबरमा नगद, शिल्ड तथा प्रमाण पत्र वितरण गरिएको थियो ।
प्रथम विजेता नेपालय टिमले ट्रफी शील्ड, प्रमाणपत्र सहित नगद प्राप्त गरेको छ । रोचकरुपमा भएको प्रतिस्पर्धाको फाइनलमा ३–० गोल निर्णायक बन्न पुगेको थियो ।

(नेपोस) नेपाली पोर्चुगीज समाज उपविजेता घोषित भएको छ । प्रतियोगितामा आ–आफनो टिमलाई थप उत्साह दिन दर्शकहरुको बाक्लो उपस्थिति रहेको थियो ।

नेपाली विधार्थी कंचन कार्कीको समझानामा खेलको प्रारम्भ २०१३ देखि भएको साथै नेपालीहरूको भाईचारा कायम राख्न यो प्रतियोगिता उत्सबकै रुपमा सम्पन्न भएको बारे महासचिव भण्डारीले जानकारी दिएका थिए ।

कार्यक्रममा युवा संयोजकः प्रदिप शर्मा, प्रमुख अतिथि सरक्षक बिष्णु गौतम,अध्यक्ष श्रद्धा शिह थापाले छोटो मन्तव्य दिएका थिए भनेप्रमुख अतिथि तथा सरक्षक गौतमले प्रतियोगिताले निरन्तरता पाएकोमा धन्यवाद ब्यक्त गर्दै बिजयी खेलाडीहरूहरुलाई प्रमाणपत्र, मेडल तथा कप बितरण गरेका थिए ।

त्यस्तै अध्यक्ष थापाले प्रतियोगिता सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद ब्यक्त गर्दै आगामी दिनमा अझ प्रभाभकारी बनाई दिनु हुन आग्रह गर्दै आभार व्यक्त गरेकी थिइन् । पुरस्कार वितरण पश्चात समारोह अन्त्य गरेको कार्यक्रम यूवा संयोजक प्रदीप शर्माले संचालन गरेका थिए

वि.सं.२०८३ असार ८ सोमवार १५:५१ मा प्रकाशित

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

ब्रोड पिकमा ज्यान गुमाएका आरोहीप्रति प्रधानमन्त्री बालेन शाहद्वारा दुःख व्यक्त

काठमाडौं । पाकिस्तानको काराकोरम पर्वत शृङ्खलामा अवस्थित ८,०५१ मिटर अग्लो...

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

एनआरएनए क्षेत्रीय सम्मेलनलाई सफल बनाउन अध्यक्ष डा. हेमराज शर्माको आग्रह

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का केन्द्रीय अध्यक्ष डा....

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

नेपाल–चीन सम्बन्धको ७१ वर्ष : मित्रतायुक्त सहकार्य थप सुदृढ बनाउने चीनको प्रतिबद्धता

काठमाडौं । नेपालस्थित चिनियाँ दूतावासले नेपालसँगको चिरस्थायी मित्रतायुक्त रणनीतिक सहकार्य...

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

गृहमन्त्रीको अभिव्यक्तिप्रति सांसद रमेश मल्लको आपत्ति

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद रमेश मल्लले...

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

सुनसरीमा कर्फ्यु हटाइयो, १० स्थानीय तहमा भने यथावत

इनरुवा । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका विभिन्न क्षेत्रमा जारी...

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

जमल ढ्वानको मुख्य कारण साँघुरो ढल निकास प्रणाली

काठमाडौं । काठमाडौंको जमल क्षेत्रमा वर्षायाममा बारम्बार हुने डुबानको मुख्य...