back
CTIZAN AD

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

वि.सं.२०८३ असार ८ सोमवार

297 

shares

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड समीट २०२६ मा विकास बैंक समूहतर्फ “डेभलपमेन्ट बैंक अफ द इयर २०२६” बाट सम्मानित भएको छ । कर्पोरेट बिजनेस म्यागजिनद्वारा विहिबार काठमाडौको होटल ¥याडिसनमा आयोजित कर्पोरेट बिजनेस अवार्ड एण्ड समीटको अठारौं संस्करणमा बैंक उक्त अवार्डबाट सम्मानित भएको हो ।

अवार्ड वितरण कार्यक्रमका विशेष अतिथि तथा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति हरी ढकालले गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधव प्रसाद उपाध्याय र नायब प्रमुख कार्यकारी अधिकृत अनिल रेग्मीलाई उक्त अवार्ड हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ तथा विभिन्न व्यवसायिक संघसंस्थाका प्रतिनिधीहरुको उल्लेख्य उपस्थिति रहेको थियो । सोही अवसरमा बैंकलाई निरन्तर साथ, सहयोग एवं माया गर्नुहुने सम्पूर्ण ग्राहक महानुभावहरु, शेयरधनी महानुभावहरु, नियमनकारी निकायहरु एवं शुभचिन्तकहरु प्रति कृतज्ञता व्यक्त गरिएको थियो ।

आइएसओबाट मान्यता प्राप्त बैंक न्यू बिजनेस एज लिमिटेडद्वारा मे ८, २०२६ मा आयोजित न्यूबिज कन्क्लेभ एण्ड बिजनेस एक्सिलेन्स अवार्डस्को दशौं संस्करणमा “बेस्ट म्यानेज्ड डेभेलपमेन्ट बैंक २०२६”बाट समेत सम्मानित भएको थियो ।
हाल, गरिमा विकास बैंकले देशभर १२६ शाखा कार्यालय, ५१ एटिएम एवं नविनतम डिजिटल बैंकिङ् मार्फत करिब ९ लाख ग्राहकहरुलाई सरल, सुरक्षित एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

 

वि.सं.२०८३ असार ८ सोमवार १६:१६ मा प्रकाशित

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

२ वर्षीया बालिकाको हत्या आरोपमा कान्छी आमा पक्राउ

राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिकामा दुई वर्षीया बालिकाको हत्या गरेको...

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

जसपाका तीन प्रदेश सांसदलाई पुनः स्पष्टीकरण पेश गर्न निर्देशन

ललितपुर । जनता समाजवादी पार्टी, नेपाल (जसपा) ले लुम्बिनी प्रदेश...

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौमा सुरु, उपराष्ट्रपति यादवले गरे उद्घाटन

काठमाडौं । स्वर्णजयन्ती विशेष नाडा अटो शो २०२६ काठमाडौको भृकुटीमण्डपमा...

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

नाडा अटो शोमा महालक्ष्मी विकास बैंक, सवारी कर्जाकाे ब्याजदरमा आकर्षक छुट

काठमाडौं । भृकुटीमण्डपमा जारी १८औँ संस्करणको नाडा अटो शो २०२६...