back

मलेसियाविरुद्ध नेपालको सहज जित

वि.सं.२०७६ असार २८ शनिवार

306 

shares
RBB AD
NTC AD

२८ असार । सिङ्गापुरमा आयोजना हुने आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटको तयारीमा रहेको नेपालले आजको खेलमा मलेसियाविरुद्ध सहज जित हाँसिल गरेको छ । मलेसियाविरुद्धको पहिलो खेलमा कप्तान पारस खड्काले ब्याटिङ गर्दै कीर्तिमानी इनिङ खेलेपछि नेपालले ७ विकेटको सहज जित हाँसिल गरेको हो ।

१ सय २९ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १८ ओभर ३ बलमा ३ विकेटको क्षतिमा भेटायो । टी ट्वान्टीआईमा यो विकेटका हिसाबले नेपालको सर्वाधिक ठूलो जित पनि हो ।

योसँगै नेपालले दुई टी ट्वान्टी सिरिजमा १–० को अग्रता लिएको छ । नेपालले दोस्रो खेल आइतबार खेल्ने छ ।
पारसको अर्धशतक
कप्तान पारस खड्काले आजको खेलमा दुई किर्तिमानी बनाएका छन् ।
एकै इनिङमा सर्वाधिक रन स्कोर गर्ने खेलाडी बनेका छन् भने टि–२० मा दुई अर्धशतक प्रहार गर्ने नेपालका एक्लो खेलाडी बनेका छन् । उनले नेपालका लागि ५० बलमा ८ चौका र ५ छक्काको मद्दतमा नटआउट ८६ रन बनाए ।

त्यस्तै शरद भेषाकरले १६, ज्ञानेन्द्र मल्लले ७, प्रदीप ऐरीले ८ र रोहित कुमार पौड्यालले ५ रन बनाए ।त्यसअघि किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २८ रन बनाएको थियो । उसका लागि ओपनर विरनदीपले सर्वाधिक ५७ रनको महत्वपूर्ण योगदान दिएका थिए ।

त्यसअघि किनारारा ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २८ रन बनाएको थियो । उसका लागि ओपनर विरनदीपले सर्वाधिक ५७ रनको महत्वपूर्ण योगदान दिएका थिए ।

सिङ्गापुरमा आगामी साउन ६ देखि १२ गतेसम्म आइसिसी टी–ट्वान्टी विश्वकप एशिया छनोटमा नेपालसहित आयोजक सिङ्गापुर, मलेसिया, कतार र कुवेत भिड्ने छन् । नेपालले पहिलो खेल आगामी साउन ७ गते कतारसँग खेल्नेछ । यस्तै साउन ८ मा मलेसियासँग, ११ गते कुवेत तथा १२ गते सिङ्गापुरसँग खेल्नेछ । शीर्ष स्थान हासिल गर्ने टोलीले विश्वकपको ग्लोबल छनोट खेल्नेछ । ग्लोबल छनोट अक्टोबर ११ देखि नोभेम्बर ३ तारिखसम्म संयुक्त अरब इमिरेट्स (युएई) मा आयोजना हुँदैछ ।

वि.सं.२०७६ असार २८ शनिवार १३:४७ मा प्रकाशित

NLIC AD
NABIL bank AD
वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी, अर्को खेल कहिले हुँदै छ त ?

वेस्ट इन्डिज ‘ए’ १० रनले विजयी, अर्को खेल कहिले हुँदै छ त ?

काठमाडौँ । नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ १० रनले...

टस हारेर बलिङको निम्तो पायो नेपालले

टस हारेर बलिङको निम्तो पायो नेपालले

काठमाडौँ । नेपालविरुद्धको दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’को टस जितेर...

वेस्ट इन्डिज‘ए’द्वारा नेपाललाई २०५ रनको चुनौती

वेस्ट इन्डिज‘ए’द्वारा नेपाललाई २०५ रनको चुनौती

काठमाडौँ । आजदेखि सुरु भएको टी–ट्वान्टी शृङखलाको पहिलो खेलमा वेस्ट...

नेपालले टस जितेर बलिङ गर्ने निर्णय

नेपालले टस जितेर बलिङ गर्ने निर्णय

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्धको...

भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता सुरु हुँदै

भोलिदेखि नेपाल र वेस्ट इन्डिज ‘ए’बीच क्रिकेट प्रतियोगिता सुरु हुँदै

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिजको ‘ए’...

भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता हुँदै

भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक । धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने भएको...